कोरोना २४ घण्टाः ७ हजार ६६० नयाँ संक्रमित थपिए, ३०-३९ उमेर समूह जोखिममा, ६१६ आइसियू र १७९ को भेन्टिलेटरमा उपचार हुँदै
- गाउँ सहर संवाददाता
- २१ बैशाख मंगलबार, २०७८ | १७:३४:०० मा प्रकाशित

काठमाडाैँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च ५५ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार ४१७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट ७ हजार ५८७ नयाँ संक्रमित थपिएका छन् भने एन्टिजेन विधिबाट ७३ । दुबै गरेर ७ हजार ६६० नयाँ संक्रमित थपिएका हुन् । पछिल्लाे २४ घण्टामा १६ हजार ७२० जनाकाे परीक्षण भएकाे थियाे । योसहित कुल संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ५९ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् । आज २५३ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ । मन्त्रालयका अनुसार आजसम्म २५ लाख ३७ हजार २९५ जनाको पिसिआर टेस्ट भइसकेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरका अस्पतालहरूमा ६१६ आइसियू र १७९ को भेन्टिलेटरमा उपचार भइरहेकाे छ । यसमा काठमाडाैँमा मात्र १ हजार २ सय १७ आइसाेलेशनमा, १९४ आइसियू र ७७ जना भेन्टिलेटरमा छन् । देशमा १ हजार ४०६ आइसियू र ५७२ भेन्टिलेटर छन् ।
उसका अनुसार ३०-३९ वर्ष उमेर समूहका नयाँ १ हजार ९७४ संक्रमित थपिएका छन् जुन अन्य उमेर समूहभन्दा उच्च हाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
प्रतिकृया दिनुहोस