गाउँ सहर

कास्कीमा निषेधाज्ञा ३१ गते सम्म

कास्की । कास्कीमा निषेधाज्ञा  वैशाख ३१ गते सम्म थप गरिएको छ । 

यसअघि एक साता गरिएको निषेधाज्ञाको समयसीमा बढाएर वैशाख मशान्तसम्म पुर्याइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले बैशाख २१ गते विहान ५ बजेदेखि ३१ गते राति १२ बजेसम्म 

अत्यावश्यकबाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।

यसअघिको निषेधाज्ञामा जोर-विजोर प्रणालीमा सवारी साधन चलाउन पाइए पनि अबको निषेधाज्ञामा नपाइने प्रशासनले जनाएको छ ।

 

गाउँ सहर संवाददाता