कोरोनाबाट थप २७ जनाको मृत्यु, थपिए नयाँ ७ हजार २११ संक्रमित, देशभर ४८ हजार ४११ सक्रिय संक्रमित
- गाउँ सहर संवाददाता
- १९ बैशाख आइतबार, २०७८ | १६:४०:०० मा प्रकाशित
काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार ३२५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट ७ हजार १३७ नयाँ संक्रमित थपिएका छन् भने ७४ जना एन्टिजेन विधिबाट पुष्टि भएका छन् । दुबै विधिबाट १६ हजार ७७० परीक्षण गरिएकोमा कुल ७ हजार २११ नयाँ संक्रमित थपिएका छन् ।
काठमाडौँमा २ हजार ७४४, ललितपुरमा ५६० र भक्तपुरमा मात्र ३०१ नयाँ संक्रमित थपिएको मन्त्रालयले बताएको छ ।
देशमा अहिले कुल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ६१२ जना निको भएका छन् । योसहित कुल डिस्चार्ज हुनेको संख्या २ लाख ८३ हजार ९९४ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ४८ हजार ४११ सक्रिय संक्रमित रहेका छन् । आज ६७ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ ।
मन्त्रालयका अनुसार आजसम्म २५ लाख ४ हजार ४७६ जनाको पिसिआर परीक्षण भइसकेको छ ।
मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ४७७ को आइसियूमा र १३१ को भेन्टिलेटरमा उपचार भइरहेको छ । काठमाडौँका अस्पतालहरुमा मात्र १ हजार ९४ जना आइसोलेशनमा, यस्तै १६० जना आइसियूमा र ५२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न काठमाडौँलगायतका विभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
पछिल्लाे २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि २९ र ३० देखि ३९ वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
प्रतिकृया दिनुहोस