गाउँ सहर

देउवाले भने : ‘सरकारले विगतका गल्तीबाट पाठ नसिक्दा निषेधाज्ञाको अवस्थामा पुगेको हो’(भिडिओसहित)

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा गम्भीर नभएको आरोप लगाएका छन् ।

आज बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै देउवाले सरकारले असाध्यै कम पिसिआर गरे पनि ३७ प्रतिशतमा कोरोना देखिनुले संक्रमण व्यापक फैलिएको देखिने देउवाको भनाइ छ ।

उनले सरकारले चरम लापरवाही देखाएको पनि आरोप लगाए ।

‘यो सरकार विगतका गल्तीबाट पाठ सिक्दैन । कांग्रेसलगायत दलले दिएका सुझाव पनि मान्दैन,’ उनले भने, ‘उद्घाटन र भिडभाड तथा तडकभडकमा सरकार लागेपछि निषेधाज्ञाको अवस्थामा पुगेको हो ।’

गाउँ सहर संवाददाता