सभापति देउवाले ३७ विभाग प्रमुख ताेक्दा कसलाई कुन विभागको जिम्मेवारी पाए ?
- गाउँ सहर संवाददाता
- २१ श्रावण सोमबार, २०८१ | १७:३४:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका ३७ वटा विभाग प्रमुख तोकेका छन्। सोमबार सभापति देउवाले कांग्रेसको विधान,२०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरेका हुन्।
जसमा राज्य प्रशासन विभागको प्रमुखमा गोविन्द भट्टराई,स्थानीय तह समन्वय विभाग प्रमुखमा मधु आचार्य,अभिलेख,अनुगमन तथा मूल्यांकन विभागमा मानबहादुर विश्वकर्मा, संघीय मामिला विभागमा गोविन्दबहादुर शाह, कानुन विभागमा मानबहादुर नेपाली मनोनयन भएका छन्।
यसैगरी सभापति देउवाले विद्यार्थी विभागमा राजीव ढुंगाना, पेशागत तथा बुद्धिजीवी विभागमा डा. डिला संग्रौला, शिक्षा विभागमा नैनसिंह महर, स्वास्थ्य विभागमा डा.चन्द्रमोहन यादवलगायतलाई मनोनय गरेका हुन्।
कसलाई कुन विभागको जिम्मेवारी?
१. राज्य प्रशासन विभाग गोविन्द भट्टराई
२. स्थानीय तह समन्वय विभाग मधु आचार्य
३. अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभाग मानबहादुर विश्वकर्मा
४. संघीय मामिला समन्वय विभाग चन्द्रबहादुर केसी
५. संसदीय मामिला विभाग गोविन्दबहादुर शाह
६. कानून विभाग मानबहादुर नेपाली
७. विद्यार्थी विभाग राजीव ढुंगाना
८. पेशागत तथा वुद्धिजीवी विभाग डिला संग्रौला
९. शिक्षा विभाग नैनसिंह महर
१०. स्वास्थ्य विभाग चन्द्रमोहन यादव
११. निर्माण व्यवसाय समन्वय विभाग मदनबहादुर अमात्य
१२. सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभाग शिवप्रसाद हुमागाईं
१३. कृषि तथा किसान विभाग उमेश श्रेष्ठ
१४. खेलकुद विभाग उमेशजंग रायमाझी
१५. प्राकृतिक स्रोत विभाग तारामान गुरुङ
१६. साहित्य, कला तथा संस्कृति विभाग विद्यादेवी तिमिल्सीना
१७. दलित समुदाय समन्वय र सशक्तिकरण विभाग लक्ष्मी परियार
१८. द्वन्द व्यवस्थापन तथा मेलमिलाप विभाग कृष्णकिशोर घिमिरे
१९. मुस्लिम विभाग मैकुलाल वाल्मिकी
२०. वित्तीय संस्था समन्वय विभाग कर्णबहादुर बुढा
२१. विज्ञान तथा सूचना प्रविधि विभाग सुशीला मिश्र भट्ट
२२. भू.पू. सैनिक विभाग महेन्द्र कुमारी लिम्बू
२३. आर्थिक नीति तथा योजना विभाग गोविन्दराज पोखरेल
२४. शुभेच्छुक संस्था समन्वय विभाग अब्दुल सत्तार
२५. श्रमिक तथा ट्रेड युनियन विभाग हरिशरण नेपाली
२६. भूमि व्यवस्था तथा भूमिहिन, अव्यवस्थित बसोबास समन्वय विभाग नृपबहादुर वड
२७. मानव अधिकार विभाग धना खतिवडा
२८. वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग कल्याणकुमार गुरुङ
२९. ऊर्जा तथा जलस्रोत विभाग अनिलकुमार रुंगटा
३०. बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग जीवन राना
३१. नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभाग लक्ष्मी खतिवडा
३२. व्यवसायिक सिप विकास विभाग गंगालक्ष्मी अवाल
३३. विपन्न उत्थान समन्वय विभाग गोपाल दहित
३४. सामाजिक संघ संस्था समन्वय विभाग अर्जुनप्रसाद जोशी
३५. पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभाग अजयबाबु शिवाकोटी
३६. धर्म–संस्कृति समन्वय विभाग ध्यानगोविन्द रञ्जित
३७. पूर्व आप्रवासी समन्वय विभाग दिनेश कोइराला

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस