निषेधाज्ञाको पहिलो दिन सेयर बजार लगानीकार्ताकाे पक्षमा
- गाउँ सहर संवाददाता
- १६ बैशाख बिहीबार, २०७८ | १५:४४:०० मा प्रकाशित
काठमाडाैं । निषेधाज्ञाको पहिलो दिन सेयर बजार लगानीकार्ताकाे पक्षमा देखिएकाे छ । साताको अन्तिम कारोबार दिन नेप्सेका अधिकांश उपसूचकहरु हरियो भएर बन्द भएका छन् ।
यसदिन नेप्से परिसूचक २५.८२ अंकले बढेर २६११.१० अंकमा पुगेको छ । १५६ कम्पनीको सेयर मूल्य बढ्दा ४३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी १८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । यो दिन ९८ लाख १८ हजार ४६ कित्ता सेयर ४ अर्ब ३५ करोड ७० लाख १९ हजार २४८.६८ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा आएका १३ उपसमूहका सूचकहरुमध्ये यस दिन ११ उपसमूहका सूचकहरु बढेर बन्द भएका छन् ।
यस दिन कारोबारमा आएको सिंगटी हाइड्रो, महिला लघुवित्त र विशालबजार कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको मूल्य सबैभन्दा धेरै २.८२ प्रतिशत घटेको छ ।
कारोबारमा आएको नारायणी विकास बैंकको यस दिन सर्वाधिक कारोबार भएको छ। सो कम्पनीको यस दिन ३० करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस