“यहि गतिमा संक्रमण फैलने र स्वास्थ्य मापदण्ड पालना नगर्ने हाे भने दैनिक १५० ले ज्यान गुमाउनुपर्ने हुनसक्छ”
- गाउँ सहर संवाददाता
- १६ बैशाख बिहीबार, २०७८ | ०९:३९:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोभिड–१९ को सङ्क्रमण दर उच्च रहेको छ । नेपालमा अहिले सङ्क्रमित २२८ प्रतिशतका दरले बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज यहाँ आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका सङ्क्रामक रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठले गत हप्ताको तुलनामा यसहप्ता नेपालमा सङ्क्रमित दर २२८ प्रतिशतले वृद्धि भएको जानकारी दिए । उनका अनुसार यसहप्ता यहाँको सङ्क्रमण दर भारतको जस्तै रहेको छ ।
गतवर्ष भारतमा नेपालको भन्दा एक महिनाअघि नै बढी सङ्क्रमण दर रहेको यसवर्ष भने नेपाल र भारतको सङ्क्रमणको दर एउटै रहेको उनले जानकारी दिए । “चार हप्तामा भारतजस्तै नेपालमा सङ्क्रमणको दर छिटो छिटो बढेको छ”, उनले भने, “नेपालमा भारतमा भन्दा बढी सङ्क्रमण दर रहेको छ ।”
नेपाल भारतभन्दा द्रुत गतिमा सङ्क्रमणको दर बढिरहेको उनको भनाइ छ । भारतमा जस्तै नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको उनले जानकारी दिए । संसारभरमा नेपाल अहिले सङ्क्रमण सार्नेमा सबैभन्दा उच्च रहेको उनले सुनाए । एक जनाले दुई जनाभन्दा बढीलाई सङ्क्रमण सारिरहेको छ । आज मात्र चार हजार ८९७ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म नेपालमा तीन लाख १२ हजार ६९९ जनामा सङ्क्रमण, दुई लाख ७९ हजार २७९ जना निको र तीन हजार २११ को निधन भइसकेको छ ।
एक महिनामा एक लाख ९३ हजार सङ्क्रमति
उनका अनुसार यही दरमा सङ्क्रमण फैलिने हो भने एक महिनामा एक लाख ९३ जना सङ्क्रमित हुनेसक्ने छन् । “एक वर्षमा जति सङ्क्रमित फेला पारेका थियौँ, सङ्क्रमित यही दरमा बढ्ने हो भने हामी तीन महिनामा विगत एक वर्षको सङ्क्रमितको सङ्ख्या पुग्ने छ”, उनले भने, “सङ्क्रमतिको सङ्ख्या मात्र होइन मृत्यु पनि त्यसरी नै बढ्ने छ, यही गति दरमा सङ्क्रमण बढ्ने हो भने हामीले १०० देखि १५० मानिसलाई गुमाउनु पर्छ ।” बुधबार १७ जनाको निधन भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस