सरकारद्वारा १३ स्थानीय तहलाई डेङ्गु सङ्क्रमणको सर्तकता अपनाउन आग्रह
- गाउँ सहर संवाददाता
- २६ बैशाख शनिबार, २०८३ | ०९:३६:०० मा प्रकाशित
काठमाडाैँ। सरकारद्वारा १३ स्थानीय तहलाई डेङ्गु सङ्क्रमणको सर्तकता अपनाउन आग्रह गरेको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले ती १३ स्थानीय तहमा डेङ्गु सङ्क्रमण देखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको बताए।
‘हामीले पुस यता सबै स्थानीय तहको डेङ्गु सङ्क्रमणको अवस्थाको अध्ययन गरिरहेका छौँ, उनले भने, अन्य स्थानीय तहमा फाट्टफुट्ट डेङ्गु सङ्क्रमण देखिएका छन्। तर यी १३ स्थानीय तहमा पाँच वटासम्म सङ्क्रमण देखिएको सतर्कता अपनाउन पत्राचार गरेका छौँ।’
उनका अनुसार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर नगरपालिका, विर्तामोड नगरपालिका, मेची नगरपालिका र कचनाकेवल गाउँपालिका, सुनसरीको धरान उमहानगरपालिका म्याग्दीको वेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिका रहेका छन्।
पुस यता करिब ६ सय जनामा सङ्क्रमण देखिएको थियो। शाखा प्रमुख डा दाहालले अहिलेको पानीले केही सङ्क्रमण नबढाउने बताए।
‘अहिलेको पानी डेङ्गु सार्ने लामखुट्टे फैलिने छैन। एक छिन आउने त्यसपछि नआउने खालको छ, उनले भने, त्यसैले अहिलेको पानीमा डेङ्गु सार्ने लामखुट्टे फैलिने सक्दैन। सङ्क्रमणको जोखिम कम छ।’
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फूल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गु सङ्क्रमण लाग्दछ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस