देशैभरी फैलियाे डेंगु सङ्क्रमण, काठमाडाैंमा सबैभन्दा धेरै बिरामी
- गाउँ सहर संवाददाता
- १० श्रावण बिहीबार, २०८१ | १३:१३:०० मा प्रकाशित
काठमाडौं । देशभर ७३ जिल्लामा एक हजार ८२५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले हालसम्म ७३ जिल्लाबाट एक हजार ८२५ जनामा डेंगु पुष्टि भएको जानकारी आएको बताए ।
इडिसिडीको तथ्याङ्कअनुसार कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन । डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ५९३, कोशी प्रदेशमा ४६१ जनामा डेंगु पुष्टि भएको छ ।
त्यसैगरी, गण्डकी प्रदेशमा २९४, लुम्बिनी प्रदेशमा २०१, सुदूरपश्चिममा २१०, मधेश प्रदेशमा ४३ र कर्णाली प्रदेशमा २३ जनामा डेंगु पुष्टि भएको डा. दाहालले जानकारी दिए । जिल्लाअन्तर्गत काठमाडौं र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौंमा २०९, झापामा १२९ जनामा डेंगु पुष्टि भएको देखिएको छ । चिकित्सकका अनुसार डेंगु हुनबाट बच्न एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो ।
उच्च ज्वरो आउने, शरीरका जोर्नी र मांसपेशीहरु दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने यसको प्रमुख लक्षण हुन् । लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा.दाहालको सुझाव छ ।
उनी भन्छन्, ‘‘लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यालय वरपरका पानी जम्ने सबै ठाउँहरु सफा गर्ने, पानी राख्ने भाँडाहरु बेला–बेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्छ ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पाथीभरामा केबुलकार निर्माण बिराेधमा बन्दले अरुण पूर्वका ९ जिल्ला प्रभावित
- राष्ट्रिय सभा बैठककाे कार्यसूचीमा ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’
- भारतमा १२ लाखसम्मको वार्षिक आम्दानीमा आयकर नलाग्ने, नेपाललाई कति अनुदान ?
- महिला टी-२०आई शृंखलामा नेपालको लगातार दोस्रो हार
- शाली नदी मेलामा भक्तजनको भीड (फाेटाेकथा)
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब कति ?
- सामाजिक सञ्जाललाई निमयन गर्ने बहानामा जनताका आवाजलाई कमजोर तुल्याउने मनसाय : माओवादी केन्द्र
- सरकारले ल्याएका अध्यादेशहरू प्रतिनिधिसभामा पेस
- रविद्वारा निलम्बन फुकुवाकाे माग, सभामुखको प्रश्न– तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?
- संसद्को हिउँदे अधिवेशन आजदेखि, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्दै (LIVE)
प्रतिकृया दिनुहोस