अर्थतन्त्र

बुधबार सुनचाँदीको मुल्यमा गिरावट

काठमाडौँ । बुधबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७ सयले घटेर ९० हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ९१ हजार २ सयमा कारोबार भएको थियो ।त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य तोलामा १० रुपैयाले घटेर प्रतितोला १३०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गाउँ सहर संवाददाता