उँभाे-उँभाे : निषेधाज्ञामा पनि सेयर बजार बन्द नहुने भएपछि हरियाली
- गाउँ सहर संवाददाता
- १४ बैशाख मंगलबार, २०७८ | १५:३१:०० मा प्रकाशित

काठमाडाैं । मंगलबार नेप्से परिसूचक ९२.४६ अंकले बढेर २५९९.०८ अंकमा बन्द भएको छ ।
साताको तेस्रो कारोबार दिन नेप्सेमा ९२ अंकको उछाल देखिएको हाे । गत सात कारोबार दिनमा २३० अंकले घटेको नेप्से सूचक मंगलबार एकैदिन साढे ३ प्रतिशत भन्दा धेरैले बढेको हो ।
कोरोना महामारीका कारण हकस्पट बनेका मुलुकका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी हुँदा त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । निषेधाज्ञामा पनि सेयर बजार बन्द नहुने भएपछि लगानीकर्ताहरुको आकर्षण सेयर बजारमा देखिएको छ ।
यस दिन ९२.४६ अंकले बढेर २५९९.०८ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि १४.४८ अंकले बढेर ४६७ विन्दुमा पुगेको छ ।
यो दिन २०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्यस्थिर छ ।
कारोबार रकम भने अघिल्लाे दिनको तुलनामा केहि कम देखिएको छ । अघिल्लो दिन सोमबार ६ अर्ब माथिको शेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कमाउने कम्पनीमा माथिल्लो तामाकोसी, विशाल बजार कम्पनी, महिला लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्स्योरेन्स, समिट लघुवित्तलगायत छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा आइसीएफसी फाइनान्स डिबेञ्चर, ग्लोवल आइएमई, एसबीएल डिबेञ्चर, एनआइबीएल समृद्धि फन्डलगायत छन् ।
कारोबार रकमका आधारमा सबैभन्दा बढी माथिल्लो तामाकोसी छ भने त्यसपछि नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल रिइन्स्योरेन्स कम्पनी, नबिल बैंक र छिमेकी लघुवित्त कम्पनी छन् ।
मंगलबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ६.४८ प्रतिशतले बढेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस