कोरोनाबाट थप १२ जनाको मृत्यु, ३ हजार ५५६ संक्रमित थपिए
- गाउँ सहर संवाददाता
- १३ बैशाख सोमबार, २०७८ | १७:२२:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ रहेको छ । योसहित कुल मृतकको संख्या ३ हजार १७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जना नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ३७८ छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७७ हजार ९५१ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले देशमा सक्रिय केश २२ हजार ४३४ रहेको छ । यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ६५ छ ।
देशका विभिन्न अस्पतालमा २६८ जना आइसियू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
देशमा १ हजार १७१ आइसियू र ४८३ भेन्टिलेटर मात्र छन् ।
पछिल्लो २४ घण्टामा १२ हजार ४०० पिसिआर विधिबाट र ८९३ को एन्टिजेन विधिबाट कोरोना टेस्ट भएको छ ।
छिमेकी राष्ट्रहरुमा संक्रमण बढेसँगै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । सीमा नाकामा कडाईसँगै चेकजाँच समेत बढाइएको छ । पछिल्लो समय देशमा संक्रमितको दर बढ्दो छ । धेरै स्थानमा लकडाउनसमेत गरिएको छ ।
सरकारले कोभिडको जोखिमलाई मध्येनजर गर्दै कोरोना प्रवाहित १४ जिल्लाका सहरी इलाकाका स्कूल,कलेज भौतिक रुपमा बन्द गरेको छ । त्रिविले संचालन गरिरहेकाे परीक्षापनि राेकेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस