कोरोनाबाट थप १२ जनाको मृत्यु, ३ हजार ५५६ संक्रमित थपिए
- गाउँ सहर संवाददाता
- १३ बैशाख सोमबार, २०७८ | १७:२२:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ रहेको छ । योसहित कुल मृतकको संख्या ३ हजार १७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जना नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ३७८ छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७७ हजार ९५१ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले देशमा सक्रिय केश २२ हजार ४३४ रहेको छ । यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ६५ छ ।
देशका विभिन्न अस्पतालमा २६८ जना आइसियू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
देशमा १ हजार १७१ आइसियू र ४८३ भेन्टिलेटर मात्र छन् ।
पछिल्लो २४ घण्टामा १२ हजार ४०० पिसिआर विधिबाट र ८९३ को एन्टिजेन विधिबाट कोरोना टेस्ट भएको छ ।
छिमेकी राष्ट्रहरुमा संक्रमण बढेसँगै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । सीमा नाकामा कडाईसँगै चेकजाँच समेत बढाइएको छ । पछिल्लो समय देशमा संक्रमितको दर बढ्दो छ । धेरै स्थानमा लकडाउनसमेत गरिएको छ ।
सरकारले कोभिडको जोखिमलाई मध्येनजर गर्दै कोरोना प्रवाहित १४ जिल्लाका सहरी इलाकाका स्कूल,कलेज भौतिक रुपमा बन्द गरेको छ । त्रिविले संचालन गरिरहेकाे परीक्षापनि राेकेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस