आइएमई जनरल इन्स्योरेन्सको २३ औं वार्षिक साधारण सभा सम्पन्न
- गाउँ सहर संवाददाता
- १२ बैशाख आइतबार, २०७८ | १८:३४:०० मा प्रकाशित
काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २३औं बार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । विश्वव्यापि रुपमा फैलिरहेको कोभिड-१९ को दोश्रो लहरको कारणले गर्दा नेपाल सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला भएर सभा सम्मेलन नगर्न सूचना जारी गरेको हुनाले विद्यमान प्रचलित जुमको माध्यमबाट कम्पनीले २३औं साधारण सभा अनलाईन रुपमा संचालन गरेको अध्यक्ष हेम राज ढकालले जानकारी दिए ।
अध्यक्ष ढकालले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको छ भन्दै हाल बीमा सम्बन्धमा जनमानसको सोचमा क्रमश परिवर्तन भई रहेकोले आगामी दिनमा नेपाली बीमा बजार अझै फराकिलो हुनेछ भन्ने विश्वास लिएको बताए । हाल कूल बीमाको पहुँच २६ प्रतिशत रहेको छ भने समग्र बीमाक्षेत्रको कूल ग्रार्हस्थ्य उत्पादनमा योगदान ३.४ प्रतिशत रहेको छ । बीमाको दायरामा वृद्धि भई व्यावसाय र मुनाफामा पनि क्रमश वृद्धि हुनेछ भन्ने विश्वास लिएको उनले बताए ।
पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुँच विस्तारले बीमा व्यावसाय वृद्धि, नाफामा वृद्धिभएबाट पूँजीबजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको छ । बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयां नयां क्षेत्र पहिल्याई आम नागरिकलाई सहज सेवा प्रदान गर्ने हेतुले आगामी बर्षमा अझै नविनतम सेवाहरु सहित ग्राहकमुखी भएर सन्तुष्ठ ग्राहकहरुको संख्यामा वृद्धि गरी अगाडी बढ्ने लक्ष्य कम्पनीले लिएको जानकारी उनले सभालाई गराए ।
कम्पनीको व्यावसायमा भएको विस्तारसँगै जोखिम धारण क्षमतामा समेत बृद्धिको लागि कम्पनीले चुक्ता पूँजी र नेटवर्थमा वृद्धि गर्न आवश्यक हुने हुनाले हालको चुक्ता पूँजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्ने र सो पश्चात कम्पनीको नियमक निकाय बीमा समितिबाट स्वीकृत भए पश्चात जारी गर्ने गरी ४० प्रतिशतले हकप्रद शेयरको प्रस्ताव कम्पनीको २३औं साधारण सभाबाट पारित भएको छ भने उल्लेखित पूँजी बृद्धि सम्बन्धी विशेष प्रस्ताव स्वीकृति भएको हुनाले बोनस तथा हकप्रद शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पूँजी १ अरब ६२ करोड ६ लाख २० हजार ४ सय पुग्ने व्यहोरा ढकालले बताए ।
ढकालले आदरणीय शेयरधनीहरुले विगतका साधारण सभामा दिएको अमूल्य सुझाबको मनन गरी कम्पनीको आफ्नै केन्द्रीय कार्यालय प्रयोजनको लागि पानीपोखरी स्थित मुख्य सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरिसकेको र आजको सभाको निर्देशन वमोजिमनै निकट भविष्यमानै उक्त जग्गामा भबन निर्माणको कार्य अगाडी बढाईने व्यहोरा समेत जानकारी गराए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २३औं बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीले आफ्ना ग्राहकहरु, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीहरुको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भईरहेको जानकारी गराए । यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गरे । लगानीकर्ताहरुको भावना र संचालक समितिको निर्देशनले अगाडी बढिरहेको र कम्पनीले क्रमश आफ्नो स्थान अग्रिणी गर्दै गएकोमा निकट भविष्यमानै ५औं स्थानमा कम्पनीलाई स्थापित गर्ने लक्ष्य रहेको पनि जानकारी गराए ।
बीमाको पहुँचलाई देशको सबैक्षेत्रमा पु¥याउने हेतुले हामीले ७ वटै प्रदेशबाट ग्राहक महानुभावहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेको उनले बताए । बीमा अर्थतन्त्रको एक उत्कृष्ठ हिस्सा बनिरहेको वर्तमान परिप्रेक्षमा यसको पहुंच विस्तार तथा विकासको लागि हरसम्भव प्रयत्न गर्दै आईरहेको जानकारी गराए । आगामी दिनहरुमा शाखा विस्तार भन्दा पनि गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य सहित कम्पनी अगाडी बढी रहेको । आ.ब. २०७५/७६ मा रु.१ अरब २६ करोड ७० लाख बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा रु.१ अरब ३९ करोड ९४ लाख बीमा शुल्क आर्जन गरी गत बर्षको दांजोमा १०.४५ प्रतिशतले बीमा शुल्क वृद्धि भएको उनले जानकारी गराए भने चालु आ.ब.को चैत्र मसान्तसम्ममा कम्पनीले कूल १ अरब १४ करोड बीमा शुल्क आर्जन गरिसकेको पनि सभालाई जानकारी गराए ।
श्रेष्ठले नियमनकारी निकायको निर्देशन तथा राष्ट्रिय महत्वको बिषय रहेको लघु बीमा, कृषि तथा पशु बीमा लगायत स्वस्थ्य बीमालाई अगाडी बढाउंदै बीमा सेवालाई जनस्तरसम्म पुर्याउनको लागि ७ वटै प्रदेशहरुमा शाखा विस्तार गरेको पनि जानकारी गराए । कम्पनीले हालसम्म प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै कम्पनीको नीति नियम र विनियमहरु, आन्तरिक लेखा परीक्षण लगायत बीमा समितिबाट समय समयमा प्राप्त निर्देशनहरुको पालना गर्दै आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउंदै कम्पनीसँग भएको साधन र श्रोतको उच्चतम परिचालन गरी सबै शाखा तथा प्रधान कार्यालयबाट सहज सेवा प्रदान गर्ने गरी सूचना तथा संचारमा विशेष ध्यान दिएको बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस