आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबीच सेवा प्रदान गर्ने सम्झौता
- गाउँ सहर संवाददाता
- २३ भदौ बिहीबार, २०७९ | १७:०१:०० मा प्रकाशित
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका सहायक महाप्रबन्धक आकाश बिक्रम थापाले हस्ताक्षर गरेका हुन् ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट BYD ब्रान्डका सवारी साधनहरुको बीमा गरेका ग्राहकहरुले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा नक्साल स्थित साइमेक्स इंकको सहकार्यमा निम्नानुसारको सहज सेवा प्राप्त गर्न सक्ने गरी यो सेवा शुभारम्भ गरिएको छ ।
साइमेक्स इंकबाट बिक्री वितरण हुने BYD ब्रान्डका सम्पूर्ण सवारी साधनको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्ने र बीमा पश्चात कुनै पनि दुर्घटनामा परी क्षति भएमा सो को सहज र सरल तरिकाबाट नगद रहित दावी भुक्तानी गर्ने गरी दुवै कम्पनी बिच सम्झौता भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
प्रतिकृया दिनुहोस