आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त
- गाउँ सहर संवाददाता
- २३ श्रावण सोमबार, २०७९ | १९:४४:०० मा प्रकाशित
काठमाडाैँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिको बैठकको निर्णय भए बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ मिति २०७९/०४/२३ गते देखि लागु हुने गरी दोश्रो कार्यकालको लागि पुनः नियुक्त भएका छन् । श्रेष्ठ २७ वर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् ।
बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्त्रर लागि परेका श्रेष्ठको नेतृत्वमा करिब ७ वर्षमा आईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गर्न सफल भएको छ ।
सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ दोश्रो कार्यकालको लागि पुनः नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।
कार्यकारी अधिकृतको सपथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै सोही अवसरमा आफूलाई सदैव सहयोग गर्ने नियमन निकायहरु, बीमा समिति, कम्पनीको संचालक समितिका अध्यक्ष लगायत संचालकहरु, शेयरधनी, कम्पनीमा कार्यरत समस्त सहकर्मी साथीहरुलाई धन्यवाद दिँदै कम्पनीका ग्राहकहरुलाई सधन्यवाद व्यक्त गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
प्रतिकृया दिनुहोस