आइएमई जनरल र चिरायु अस्पतालबीच नगदरहित सेवाबारे सम्झौता
- गाउँ सहर संवाददाता
- ९ असार बिहीबार, २०७९ | १८:२८:०० मा प्रकाशित

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबाट नगद रहित हस्पिटलाईजेशसन सुविधा प्राप्त गर्न सकिने छ ।
साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले चिरायु हस्पिटलले आफना ग्राहक महानुभावहरुलाई आइएमई जनरलसँग आएजीआइ औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरलबाट प्राप्त गर्नसक्ने भएकोले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालमा धेरै जनसंख्या भएको जाति क्षेत्री र कम नुराङ, हिन्दू धर्म मान्ने ८१ प्रतिशत बढी (विवरणसहित)
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- दुर्घटना अपडेट : सुनकोशीमा बेपत्ता तीनको पहिचान खुल्यो
- नक्कली भुटानी शरणार्थी प्रकरण : १५ प्रतिवादीको बयान सकियो, १२ जना अझै फरार
- नेपालको सबैभन्दा सुरक्षित विधुत्तिय वालेट “आइएमई पे” ले ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण
- घटेको भाडा दर कार्यान्वयनमा आएन
- गर्मी ह्वात्तै बढ्यो, जनजीवन प्रभावित
- सुनको भाउ उकालो लागेको लाग्यै
- एकीकृत समाजवादीकाे हिसाबकिताब सार्वजनिक कति छ पैसा ?
- दुई जिल्ला जोड्ने पुल निर्माण ठप्प हुँदा स्थानीयलाई सास्ति
प्रतिकृया दिनुहोस