स्वास्थ्य

भारतमा दिनहुँ काेराेना संक्रमित र मृतककाे संख्या बढ्याे, विश्वभर सक्रिय संक्रमित १ कराेड ८५ लाख

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसले सताइरहेकाे छ । विश्वभर हाल १ कराेड ८५ लाख ८९ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । संक्रमितमध्ये निको हुनेको संख्या १२ करोड १८ लाख ८५ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १४ करोड ३५ लाख ३२ हजार नाघेको छ भने मृतकको संख्या ३० लाख ५६ हजार ८५६ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ९ हजार ४६४ जनाको अवस्था गम्भीर छ । 

पछिल्लाे २४ घण्टामा सबैभन्दा धेरै काेराेना संक्रमित भारतमा भएका छन् । भारतमा २ लाख ९४ हजार २९० जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ५६ लाख ९ हजार ४ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ८२ हजार ५७० जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ३२ लाख ६९ हजार ८६३ जना निको भएका छन् । सक्रिय केस २१ लाख ५६ हजार ५७१ जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड २५ लाख ३६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ८२ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ५१ लाख ५ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६८ लाख ४८ हजार जनामा भाइरस सक्रिय छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ४० लाख ५० हजार जना संक्रमितमध्ये १ कराेड २५ लाख ६१ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख ७८ हजारभन्दा बढी छन् । हाल ११ लाख १० हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ८७ हजार ५६७ जना पुगेका छन् भने २ लाख ७५ हजार ८०६ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार १०२ पुगेको छ भने ८ हजार ६५९ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत