स्वास्थ्य

काेराेना संक्रमितमध्ये ०.६ प्रतिशतकाे अवस्था गम्भिर, विश्वभरमै पछिल्लाे २४ घण्टामा भारतमा सबैभन्दा धेरै संक्रमित र मृत्यु

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसले सताइरहेकाे छ । विश्वभर हाल १ कराेड ८४ लाख ५५ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । संक्रमितमध्ये निको हुनेको संख्या १२ करोड ११ लाख ८७ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १४ करोड २६ लाख ८६ हजार नाघेको छ भने मृतकको संख्या ३० लाख  ४२ हजार ८३९ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ८ हजार १३९ जनाको अवस्था गम्भीर छ । 

पछिल्लाे २४ घण्टामा सबैभन्दा धेरै काेराेना संक्रमित भारतमा भएका छन् । भारतमा २ लाख ५६ हजार ९४७ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ५३ लाख १४हजार ७१४ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ८० हजार ५५० जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ३१ लाख ३ हजार २२० जना निको भएका छन् । सक्रिय केस २० लाख ३० हजार ९४४ जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड २४ लाख ७१ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ८१ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ५० लाख ३९ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६८ लाख ५० हजार जनामा भाइरस सक्रिय छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ३९ लाख ७७ हजार जना संक्रमितमध्ये १ कराेड २४ लाख ६० हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख ७५ हजारभन्दा बढी छन् । हाल ११ लाख ४१ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ८५ हजार ९०० जना पुगेका छन् भने २ लाख ७५ हजार ५५५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ९१ पुगेको छ भने ७ हजार २५४ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत