भारतमा कोरोना भाइरस संक्रमणको दर तीव्र रूपमा फैलिँदाे, एकैदिन ११८३ जनाकाे मृत्यु
- गाउँ सहर डेस्क
- ३ बैशाख शुक्रबार, २०७८ | ०७:४१:०० मा प्रकाशित
काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । तर सबैभन्दा धेरै भारतमा कोरोना भाइरस संक्रमणको दर तीव्र रूपमा फैलिएकाे देखिएको छ ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा २ लाख १६ हजार ८ सय बढी कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १ हजार १८३ संक्रमितको मृत्यु भएको छ । नयाँ संक्रमितसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४२ लाख ८७ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै भारतमा २ लाख १६ हजार ८५० संक्रमित थपिएको वर्ल्डओमिटरले जनाएको छ । संक्रमित भएको यो संख्या भारतमा अहिलेसम्मकै सबैभन्दा बढी हो ।
यसअघि हिजो भारतमा १ लाख ९९ हजार ५६९ संक्रमित थपिएका थिए । भारतमा हालसम्म १ करोड २५ लाख ४३ हजार बढी संक्रमणमुक्त भएका छन् ।
हाल भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख ६९ हजार नाघेको छ । त्यस्तै १ लाख ७४ हजार ३३५ कोरोना संक्रमितको मृत्यु भएको छ ।
आज विहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या १३ करोड ९६ लाख ६५ हजार नाघेको छ ।
संक्रमितमध्ये २९ लाख ९८ हजार ८ सय बढीले ज्यान गुमाएका छन् । अहिलेसम्म ११ करोड ८७ लाख ५२ हजार बढीले कोरोना संक्रमणलाई जितेका छन् ।
विश्वमा हाल सक्रिय संक्रमितको संख्या १ करोड ७९ लाख १४ हजार बढी छ । जसमध्ये १ लाख ६ हजार ६ सय बढीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस