गाउँ सहर

कुखुराको मासुको मूल्य दिनप्रतिदिन बढेको बढ्यै

काठमाडौं । लकडाउनको समयमा भारी गिरावट आएको बोइलर कुखुराको मासुको मूल्यमा अहिले दिनप्रतिदिन बढेको बढ्यै छ । हाल बजारमा बोइलर कुखुराको मासु प्रतिकेजी ४ सय १० रुपैयाँमा बिक्री भइरहेको छ ।

लकडाउनको समयमा मासु प्रतिकेजी एक सय ७० रुपैयाँसम्ममा बिक्री भएकाे  थियो । मागभन्दा ३० प्रतिशत कम कुखुरा उत्पादन भएकोले बजारमा कुखुराको मासुको मूल्य वृद्धि भएको पोल्ट्री व्यवसायी संघका अध्यक्ष जंगबाहदुर बिसीले बताएका छन् ।

यो वर्ष भने बल्र्डफु देखिए पनि मासुको मूल्य कमी हुनुको साटो उल्टै वृद्धि भएको छ । हाल नेपालको पोल्ट्री व्यवसायमा १ खर्ब २० अर्ब लगानी रहेको छ ।

गाउँ सहर संवाददाता