एक अमेरिकी डलरको नेपाली मूल्य १५० रुपैयाँ
- गाउँ सहर संवाददाता
- ८ चैत आइतबार, २०८२ | ०८:१२:०० मा प्रकाशित
काठमाडौं । एक अमेरिकी डलरको नेपाली मूल्य १५० रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार, आइतबारका लागि एक अमेरिकी डलरको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा कायम भएको हो । अमेरिकी डलरको यो मूल्य हालसम्मकै उच्च हो ।
बिहीबार र शुक्रबार अमेरिकी डलरको खरिद दर १४७ रुपैयाँ ९२ पैसा र बिक्री दर १४८ रुपैयाँ ५२ पैसा थियो । त्यसअघि बुधबार खरिद दर १४७ रुपैयाँ ५० पैसा र बिक्री दर १४८ रुपैयाँ १० पैसा थियो । गत आइतबार खरिद दर १४७ रुपैयाँ ६४ पैसा र बिक्री दर १४८ रुपैयाँ २४ पैसा थियो ।
डलरको मूल्य यसरी कीर्तिमानी विन्दुमा पुग्दा नेपाली अर्थतन्त्रमा यसको बहुआयामिक प्रभाव पर्ने देखिन्छ । विशेषगरी आयातमा निर्भर मुलुक भएकाले यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्सादेखि राज्यकोषसम्म पुग्छ ।
शनिबार स्वीस फ्रयांक, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, चिनियाँ युआन, जापानी येन, रियाल, दिराम, भाट सबैजसो विदेशी मुद्रा नेपाली रुपैयाँसँगको विनिमय दर महँगो भएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
प्रतिकृया दिनुहोस