स्वास्थ्य

भारतमा एकैदिन २ लाख जना काेराेना संक्रमित, विश्वभर २ कराेड ४२ लाखमा भाइरस सक्रिय

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ४२ लाख ३० हजार जनामा काेराेनाभाइरस सक्रिय छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ११ करोड १६ लाख ६ हजार जना भन्दा बढि छन् । 

पछिल्लाे चाैबिस घण्टामा सबैभन्दा धेरै भारतमा एक लाख ९९ हजार ५६९ जना संक्रमित भएका छन् भने ब्राजिलमा सबैभन्दा धेरै ३ हजार ४६२ जनाकाे मृत्यु भएकाे छ । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १३ करोड ८८ लाख २० हजार नाघेको छ भने मृतकको संख्या २९ लाख  ८४ हजार ९०१ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ६ हजार ५१६ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड २१ लाख ४९ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ७८ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ४६ लाख ९६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६८ लाख ७४ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ४० लाख ७० हजार ८९० जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ७३ हजार १५२ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड २४ लाख २६ हजार १४६ जना निको भएका छन् । सक्रिय केस १४ लाख ७१ हजार ५९२ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ३६ लाख ७७ हजार जना संक्रमितमध्ये १ कराेड २१ लाख ७० हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख ६२ हजारभन्दा बढी छन् । हाल ११ लाख ४४ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ८१ हजार ५६४ जना पुगेका छन् भने २ लाख ७४ हजार ४४७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ६१ पुगेको छ भने ४ हजार ५६ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत