काेराेनाका कारण नेपालमा मृत्यु हुनेकाे संख्या बढ्याे, मंगलबार थप ५ जनाकाे मृत्यु, थपिए ५१७ नयाँ संक्रमित
- गाउँ सहर संवाददाता
- ३१ चैत मंगलबार, २०७७ | १६:४१:०० मा प्रकाशित
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार ५८ पुगेको छ ।
नयाँ संक्रमित ५१७ (पिसिआर र एन्टिजेन परीक्षण) जना थपिएका छन् । थपिएकासहित कुल संक्रमितको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्वास्थ्य लाभ गर्नेको संख्या १५३ छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ८३ हजार३१८ पुगेको छ ।
मन्त्रालयका अनुसार आजसम्म २३ लाख २१ हजार ६७० जनाको पिसिआर टेस्ट भएको छ । पछिल्लो २४ घण्टामा मात्र ५ हजार २०३ काे (पिसिआर र एन्टिजेन परीक्षण) परीक्षण भएकाे छ । अहिले देशभरका आइसोलेशनमा ३ हजार ६०८ र क्वारेन्टाइनमा रहनेको संख्या ८५ छ ।
छिमेक राष्ट्रहरुमा संक्रमण बढेसँगै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । सीमा नाकामा कडाईसँगै चेकजाँच समेत बढाइएको छ । पछिल्लो समय देशमा संक्रमितको दर बढ्दो छ ।
मन्त्रालयकाे नयाँ वर्षकाे सन्देश

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस