काेराेनाका कारण नेपालमा मृत्यु हुनेकाे संख्या बढ्याे, मंगलबार थप ५ जनाकाे मृत्यु, थपिए ५१७ नयाँ संक्रमित
- गाउँ सहर संवाददाता
- ३१ चैत मंगलबार, २०७७ | १६:४१:०० मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार ५८ पुगेको छ ।
नयाँ संक्रमित ५१७ (पिसिआर र एन्टिजेन परीक्षण) जना थपिएका छन् । थपिएकासहित कुल संक्रमितको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्वास्थ्य लाभ गर्नेको संख्या १५३ छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ८३ हजार३१८ पुगेको छ ।
मन्त्रालयका अनुसार आजसम्म २३ लाख २१ हजार ६७० जनाको पिसिआर टेस्ट भएको छ । पछिल्लो २४ घण्टामा मात्र ५ हजार २०३ काे (पिसिआर र एन्टिजेन परीक्षण) परीक्षण भएकाे छ । अहिले देशभरका आइसोलेशनमा ३ हजार ६०८ र क्वारेन्टाइनमा रहनेको संख्या ८५ छ ।
छिमेक राष्ट्रहरुमा संक्रमण बढेसँगै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । सीमा नाकामा कडाईसँगै चेकजाँच समेत बढाइएको छ । पछिल्लो समय देशमा संक्रमितको दर बढ्दो छ ।
मन्त्रालयकाे नयाँ वर्षकाे सन्देश

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस