महात्मा गान्धीका २० प्रेरक भनाईहरु जुन सफल जीवन जिउन सहायक बन्न सक्छ
- गाउँ सहर डेस्क
- २९ चैत आइतबार, २०७७ | ०६:३९:०० मा प्रकाशित

काठमाडौं । विश्व इतिहासमा महात्मा गान्धी यस्ता एक्ला दार्शनिनक हुन्, जो सिद्धान्तको प्रतिपादक मात्र नभएर युगका महान नेता पनि बने । त्यसैले उनलाई विश्व जगतले अहिले पनि उच्च आदर र सम्मान प्रकट गर्छ ।
दोस्रो विश्वयुद्धको चपेटाबाट त्रसित विश्वलाई अहिंसाको मार्गबाट पनि परिवर्तन सम्भव छ भन्ने विश्वस्त गराउन उनी सफल रहे । उनको जन्म २ अक्टोवर सन् १८६९ मा भएको थियो भने उनको मृत्यु ३० जनवरी सन् १९४८ मा भएको थियो ।
महात्मा गान्धीका २० प्रेरक भनाई
१. जहाँ प्रेम छैन त्यहाँ जीवन छैन ।
२.स्वतन्त्रता राष्ट्रको अनन्त यौवन हो ।
३.कमजोरले कहिल्यै क्षमा दिन सक्दैन । क्षमा दिनु ठूलो मान्छेको गुण हो ।
४.पुस्तक र मोतीमा यति मात्र फरक छ । मोती बाहिर चम्किन्छ अनि पुस्तक अन्तस्करणमा ।
५.पहिले तिनीहरुले तिम्रो बेवास्ता गर्नेछन् । तिमी माथि हाँस्छन् । तर अन्तिममा तिमीले राज गर्छाै ।
६.तिमी यसरी सिक कि तिमी सधैँभरी बाँच्दछौ । तर तिमी यसरी बाँच कि तिम्रो मृत्यु भोली नै हुँदैछ ।
७.संसारलाई परिवर्तित भएको देख्न चाहानेले पहिला आफू परितर्न हुन सिक ।
८.व्यक्ति त्यहि बन्छ जे उसले सोचेको हुन्छ ।
९. मानिस आफ्नै सोचाइको उत्पादन हो ।
१०.मेरो अनुमति बिना मलाई कसैले पनि पीडा दिन सक्दैन ।
११. खुसी तब मात्र मिल्छ जब तिमीले सोच्ने,भन्ने र गर्ने कुराहरुबीच मेल खान्छ ।
१२.यदि तिमी विश्वमा शान्ती चाहन्छौ भने आफ्नैै बच्चाहरुबाट शुरुवात गर ।
१३.अरुको सेवामा आफूलाई समर्पित गर्नु नै आफूलाई चिन्नु हो ।
१४.यदि तिमी अल्पमतमा छौ भने पनि सत्य भनेको सत्य हो ।
१५.महानता पाएपश्चात् होइन बरु पाउनको निम्ति गरिने संघर्षमा हुन्छ ।
१६.तैले मेरो आँखा फोडिस्, म तेरो फोड्छु भन्ने हो भने संसार अन्धो हुन्छ ।
१७.तिमीले आज गरेको काममा नै तिम्रो भविष्य अडिएको हुन्छ ।
१८.यदि सफल जीवन जिउँनुछ भने सफलताको भावनालाई त्याग्नुपर्छ ।
१९.जब झुसिल्कीराले अब संसार सकिँदैछ भन्ने सोच्छ तब उ सुन्दर पुतलीमा परिणत हुन्छ ।
२०.आवाजलाई नबढाउ बरु आफ्नो तर्कलाई सुधार ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- पाद्नु लाज हो कि स्वास्थ्यको लागि फाइदाजनक, किन आउँछ पाद ? केहि रोचक तथ्य
- कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ
- आज राम नवमी, श्रीरामबारेमा थाहा पाउनुहाेस् यी जानकारी
- स्वयम्भू महाचैत्य, कस्ताे देखिन्छ काठमाडाैं उपत्यका (थप तस्बिर भित्र)
- तुवाँलाे तथा वायु प्रदूषणले मानव मस्तिष्कमा असरदेखि क्यान्सरसम्म
- दक्षिण एसियाको सबैभन्दा खुसी देशको सूचीमा ‘हामी’
- चर्चामा पर्याे ‘खैराे सूची’ अर्थात् ग्रे लिस्ट, थप जानकारी के छन् तपाईंसँग ?
- अस्थिर सरकारी नीतिहरू : पुन: प्रदर्शनमा “हेलमेट काण्ड”- सास्ती नै सास्ती !
- महाशिवरात्रिमा जानाैँ शिवका ‘नौ नामका नौ कथा’
- महाशिवरात्रि: जीवनसाथीसँग पूजा–आराधना गर्दा आपसी माया बढ्छ
प्रतिकृया दिनुहोस