जलको उपयोग अत्यन्तै सावधानीसँग गर्नुहोस् किनकी पानी बचाउनु एक पूजा समान हुन्छ
- गाउँ सहर डेस्क
- ५ माघ सोमबार, २०७७ | ०८:४४:०० मा प्रकाशित

काठमाडौँ । महात्मा गान्धी यात्रा धेरै गर्दथे र त्यो समय आफ्ना नजिकका मानिसको घरमा रोकिन मन पराउँथे । उनी मान्दथे कि जब हामी कसैको घरमा बस्छौँ त्यसले आफ्नोपन बढाउँछ । केहि कुरा हामी अरुबाट सिक्छौँ त केहिलाई हामी सिकाउँछौँ । एकपटक गान्धी जवाहरलाल नेहरुसँग इलाहावादको आनन्द भवनमा बसेका थिए ।
एक दिन विहानको समय जब गान्धी उठे, उनी लोटामा पानी लिएर हात मुख धोइरहेका थिए । त्यो समय नेहरुसँग कुरा पनि गरिरहेका थिए । उनको बानी थियो कि काम गर्दै बातचित गर्ने । उनको लोटाको पानी सकियो, तर उनले ठिकसँग मुख धुन सकेनन् । यो कुराले असहज भए र कुरा गर्न बन्द गरे ।
गान्धी चूप लागेको देखेर नेहरुले पानी सकिएको र मुख धुने काम अधूरो रहेको कुरा बुझे । नेहरुले भने- के कुराले बापू तपाईं असहज हुनुभयो ? गान्धीले भने- तपाईंसँग कुरा गर्दा यतिसम्म गम्भीर भएँछु कि पानी सकियो र मेरो काम अधूरै रह्यो ।
नेहरु हाँस्दै भने- यहाँ गंगा बगिरहेको छ, यमुना नदी छ । पानीको कुनै कमी छैन । तपाईं जति चाहनुहुन्छ त्यति लोटा पानी लिन सक्नुहुन्छ ।
गान्धीले भने- यी दुबै नदी केवल मेरो लागि बगिरहेका छैनन् । त्यो अनेक व्यक्तिको काम आउने छ । मले कुनैपनि कामको लागि एक लोटाभन्दा बढी पानी लिएँभने आफ्नो देशका धेरै मानिहरुको हकको पानी लिइरहेको हुनेछु ।
नेहरुले त्यो दिन सोचे कि बापू कतिविघ्न गहिरोगरी सोच्दा रहेछन भनेर ।
यसकारण जल र अन्य वस्तुको उपयोग अत्यन्तै सावधानीका साथ गर्नुपर्दछ । गान्धीको यो कुरा आजपनि उत्तिकै सान्दर्भिक हुन्छ । आज पानी बचाउनु एक पूजाजस्तै हो । यदि हामीले अहिलेदेखि नै जल बचाएनौँ भने अबको विश्वयुद्ध पानीको लागि हुनेछ ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- असार १५ मा रोपाइँमा सरिक नहुनेले पनि दही चिउरा खानैपर्ने हाे र ? दही चिउरा नै किन खाने ?
- हप्ताको एउटै दिनले कसरी व्यक्तिगत र सामाजिक रूपान्तरण सम्भव छ?
- गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?
- पानी पिउँदा गर्नुहुन्न यस्तो गल्ती
- थाहा पाइराख्नुहाेस् कस्ताे थियाे नेपालकाे पहिलाे बजेट ?
- चुनौतीकाे चाङमा नयाँ गभर्नर पाैडेल, राष्ट्र बैंकलाई सही दिशाकाे खाँचाे
- पाद्नु लाज हो कि स्वास्थ्यको लागि फाइदाजनक, किन आउँछ पाद ? केहि रोचक तथ्य
- कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ
- आज राम नवमी, श्रीरामबारेमा थाहा पाउनुहाेस् यी जानकारी
- स्वयम्भू महाचैत्य, कस्ताे देखिन्छ काठमाडाैं उपत्यका (थप तस्बिर भित्र)
प्रतिकृया दिनुहोस