गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा चारदिने कार्यशाला गोष्ठीको आरम्भ
- गाउँ सहर संवाददाता
- २७ चैत शुक्रबार, २०७७ | १६:४७:०० मा प्रकाशित

पोखरा । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरा—१७, छोरेपाटनमा चारदिने तथ्याङ्क विश्लेषण कार्यशाला गोष्ठी आरम्भ भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा सम्पन्न गर्न थालिएको उक्त कार्यक्रम क्याम्पस सभाहलमा चैत्र २७ देखि ३० गतेसम्म सञ्चालन हुनेछ ।
पोखराका गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, कन्या क्याम्पस, जनप्रकाश बहुमुखी क्याम्पस र त्रिवेणी इन्टरनेस्नल कलेज गरी ४ वटा उच्चशिक्षालयहरूका ४० जना अध्यापकहरूको सहभागिता रहेको उक्त कार्यशाला गोष्ठीमा १६ वटा सत्र सञ्चालन हुने कुरा अनुसन्धान व्यवस्थापन समितिका संयोजक मोहन भण्डारीले जानकारी दिए ।
कार्यक्रमको आरम्भमा उपस्थित सहभागीहरूलाई क्याम्पसको सभाहल कक्षमा स्वागत गर्दै गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका प्रमुख धर्मराज बरालले अनुसन्धानात्मक गोष्ठीले क्याम्पसमा अध्यापन गराउने प्राध्यापकहरूको बौद्धिक तथा प्राज्ञिक उन्नयनमा महत्तम भूमिका खेल्ने कुरा जानकारी दिए ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको प्राङ्गणमा सञ्चालित उक्त कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष प्रा।डा। टंकराज अधिकारीले अनुसन्धानात्मक गोष्ठीले क्याम्पसमा अध्यापनरत शिक्षकहरूको अनुसन्धानात्मक कौशल अभिवृद्धि गर्ने कुरा बताउँदै समितिले अनुसन्धान कार्यलाई विशेष प्राथमिकतामा राखेको कुरा बताए ।
उक्त कार्यक्रममा अनुसन्धान व्यवस्थापन समितिका सदस्य तथा कार्यक्रम सञ्चालक लालमणि पोख्रेलले कार्यशाला गोष्ठीमा विज्ञका रूपमा प्राडा विकासकुमार केसी, सह–प्राडा हरि पाठक, सह–प्राडा सूर्य जिसी, उप प्रा देवीलाल शर्मा, उप प्रा रेशमलाल पौडेलले सहजीकरण गर्ने कुरा जानकारी दिएका छन् ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै डा। टंकराज अधिकारीले समग्र शैक्षिक उन्न्यनको लागि प्राध्यापकहरुले अनुसन्धानात्मक पद्धती अपनाएर अध्यापन गर्नुपर्ने कुरामा जोड दिए ।
अनुसन्धान व्यवस्थापन समितिका संयोजक मोहन भण्डारीको संयोजकत्वमा सञ्चालित उक्त कार्यक्रम लालमणी पोख्रेलले सञ्चालन गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
प्रतिकृया दिनुहोस