वातावरण

विश्वभर फेरि ह्वात्तै बढ्न थाले काेराेना संक्रमित, अमेरिका, ब्राजिल र भारतमा उच्च संक्रमण

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ३२ लाख ८९ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १० करोड ८३ लाख ४ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १३ करोड ४५ लाख ८ हजार नाघेको छ भने मृतकको संख्या २९ लाख  १४ हजार ७७४ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख एक हजार ६१९ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड १७ लाख १७ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ७३ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ४२ लाख ७२ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६८ लाख ७० हजार जनामा भाइरस सक्रिय छ । 

दाेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ३२ लाख ८६ हजार जना संक्रमितमध्ये १ कराेड १७ लाख ३२ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख ४५ हजारभन्दा बढी छन् । हाल १२ लाख ८ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ३० लाख ५७ हजार ९५४ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ६७ हजार ६९४ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड १९ लाख १० हजार ७४१ जना निको भएका छन् । सक्रिय केस ९ लाख १० हजार २६४ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७९ हजार १०० जना पुगेका छन् भने २ लाख ७३ हजार ६०८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ३८ पुगेको छ भने २ हजार ४५४ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत