हालसम्मकै उच्च बिन्दुमा नेप्से, साढे ७ अर्बकाे काराेबार
- गाउँ सहर संवाददाता
- २४ चैत मंगलबार, २०७७ | १५:४२:०० मा प्रकाशित
काठमाडाैं । शेयरबजार मापक परिसूचक नेप्से मंगलबार हालसम्मकै उच्च बिन्दुमा उक्लेकाे छ । मंगलबार नेप्से १५.७२ अंकले बढेर २६७४.४६ बिन्दुमा पुगेको हो । क वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.३४ अंकले बढेको छ ।
यसदिनको कारोबारमा चार कम्पनीको शेयर मूल्य दश प्रतिशतले बढेको छ भने करिब एक दर्जन कम्पनीको मूल्य ९ प्रतिशत बढीले उकालो लागेको छ ।
कूल २१३ कम्पनीको सेयर ८१ हजार ७५३ पटक करोबार भएको छ । १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता कारोबार हुँदा ७ अर्ब ४७ करोड ७७ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसदिन कारोबारमा आएका समुहगत परिसूचक मिश्रित देखिएका छन् । होटल तथा टुरिजम्, विकास बैंक, जलविद्युत, उत्पादन, लघुवित्त, म्युचुअल फण्ड र लगानी समूहका सूचक सकारात्मक रहदा अन्य समूहका सूचक ओरालो लागे ।
यसदिन निफ्राको सबैभन्दा धेरै ३९ करोड बढीको शेयर किनबेच भएको छ । त्यस्तै चिलिमे हाइड्रोको शेयर पनि ३१ करोड बराबरको किनबेच भयो ।
आजको बजारमा युनाइटेड मादी, युनिभर्सल पावर, चिलिमे हाइड्रो र चन्द्रागिरीको शेयर दश प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै साल्ट ट्रडिङका लगानीकर्ताले गुमाए । जसको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस