हालसम्मकै उच्च बिन्दुमा नेप्से, साढे ७ अर्बकाे काराेबार
- गाउँ सहर संवाददाता
- २४ चैत मंगलबार, २०७७ | १५:४२:०० मा प्रकाशित

काठमाडाैं । शेयरबजार मापक परिसूचक नेप्से मंगलबार हालसम्मकै उच्च बिन्दुमा उक्लेकाे छ । मंगलबार नेप्से १५.७२ अंकले बढेर २६७४.४६ बिन्दुमा पुगेको हो । क वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.३४ अंकले बढेको छ ।
यसदिनको कारोबारमा चार कम्पनीको शेयर मूल्य दश प्रतिशतले बढेको छ भने करिब एक दर्जन कम्पनीको मूल्य ९ प्रतिशत बढीले उकालो लागेको छ ।
कूल २१३ कम्पनीको सेयर ८१ हजार ७५३ पटक करोबार भएको छ । १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता कारोबार हुँदा ७ अर्ब ४७ करोड ७७ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसदिन कारोबारमा आएका समुहगत परिसूचक मिश्रित देखिएका छन् । होटल तथा टुरिजम्, विकास बैंक, जलविद्युत, उत्पादन, लघुवित्त, म्युचुअल फण्ड र लगानी समूहका सूचक सकारात्मक रहदा अन्य समूहका सूचक ओरालो लागे ।
यसदिन निफ्राको सबैभन्दा धेरै ३९ करोड बढीको शेयर किनबेच भएको छ । त्यस्तै चिलिमे हाइड्रोको शेयर पनि ३१ करोड बराबरको किनबेच भयो ।
आजको बजारमा युनाइटेड मादी, युनिभर्सल पावर, चिलिमे हाइड्रो र चन्द्रागिरीको शेयर दश प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै साल्ट ट्रडिङका लगानीकर्ताले गुमाए । जसको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस