स्वास्थ्य

भारतमा एकैदिन थपिए एक लाखभन्दा बढि संक्रमित, विश्वभर हाल २ कराेड २८ लाखमा काेराेना भाइरस सक्रिय

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड २८ लाख ४८ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । भारतमा मात्रै पछिल्लाे २४ घण्टामा १ लाख ३ हजार ७९३ जना नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १० करोड ६१ लाख ८३ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १३ करोड १८ लाख ९७ हजार नाघेको छ भने मृतकको संख्या २८ लाख ६५ हजार ५१३ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९८ हजार ८४७ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड १४ लाख २० हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ६८ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ३९ लाख ४६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६९ लाख ४ हजार जनामा भाइरस सक्रिय छ । 

दाेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड २९ लाख ८४ हजार जना संक्रमितमध्ये १ कराेड १३ लाख ५७ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख ३१ हजारभन्दा बढी छन् । हाल १२ लाख ९५ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड २५ लाख ८७ हजार ९२० जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ६५ हजार १३२ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड १६ लाख ७९ हजार ९५८ जना निको भएका छन् । सक्रिय केस ७ लाख ४२ हजार ८३० मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७७ हजार ९४४ जना पुगेका छन् भने २ लाख ७३ हजार २४० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ३२ पुगेको छ भने १ हजार ६७२ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत