राष्ट्रियता, सार्वभौमिकता र प्रजातन्त्र सुदृढ तुल्याउन राजसंस्था आवश्यक : राप्रपा
- गाउँ सहर संवाददाता
- २१ चैत शनिबार, २०७७ | १३:३२:०० मा प्रकाशित
पाँचथर । राष्ट्रियता, सार्वभौमिकता र प्रजातन्त्र सुदृढ गर्न जनताले राजसंस्था माग गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ठहर गरेको छ ।
नयाँ नेपालको परिकल्पना र १२ बुँदे को मार्गचित्रले देशको आवश्यकता पूर्ति गर्न नसकेको, पिछडिएका अल्पसंख्यकहरुको पहिचान र प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको र विदेशी चलखेल बढेको भन्दै राप्रपाले चिन्ता व्यक्त गरेको छ ।
राप्रपाको फिदिम नगरपालिका वडा नं ४, वडा कार्य समितिको शनिबार सम्पन्न वैठकले देशमा विद्यमान बेथिति अन्त्य गर्न, राष्ट्रियता, सार्वभौमिकता र प्रजातन्त्र सुदृढ तुल्याउन देश र जनताले राजसंस्था माग गरेको ठहर गरेको छ ।
.jpg)
वैठकलाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय कार्य सम्पादन सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष सगुन सुन्दर लावतीले भने, 'दुईतिहाई बहुमत र सर्वोत्कृष्ट दाबी गरिएको संविधानले जनताको आकांक्षा पूर्ति गर्न असफल भएको र देश दुरावस्थामा अघि बढीरहेको अवस्थामा नेपाली जनताले, विशेष गरेर युवा पुस्ताले देशव्यापी रुपमा राजसंस्थाको माग गरेका छन् ।'
राप्रपाका केन्द्रीय सदस्य मानदेव केरुङले वैठकलाई सम्बोधन गर्दै राजसंस्था र सनातन हिन्दुराष्ट्र पूनःस्थापनबाट नै नेपाली जनताले प्रजातानि्त्रक निकास प्राप्त गर्ने बताए । राप्रपा पाँचथरका जिल्ला अध्यक्ष राजकुमार जोशीले एकतावद्ध रुपमा राप्रपा अधिवेशन सम्पन्न गरेर विश्वसनीय नेतृत्व स्थापना गर्ने विश्वास व्यक्त गरे ।
वडा अध्यक्ष नन्द लावतीको अध्यक्षतामा सम्पन्न वैठकले, समिति विस्तार गर्दै उपाध्यक्ष शिवकला लावतीसहित ३१ सदस्य कायम गरेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस