प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख सापकाेटाबीच भेटवार्ता
- गाउँ सहर संवाददाता
- १५ चैत आइतबार, २०७७ | १५:०२:०० मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाबीच संसद बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान ११ बजेपछि करिब दुई घण्टा छलफल भएको हो ।
सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्योपानेकाअनुसार सरकारको तर्फबाट तयार भएका विधेयक तथा संसद बैठकको प्रभावकारिता विषयमा छलफल भएको छ । सभामुख सापकोटाले प्रधानमन्त्रीसँग परामर्श गरी संसद बैठकलाई प्रभावकारी बनाउनेबारेमा पत्रकारलाई जानकारी गराउँदै आएका थिए । आफू दलका नेताहरुसँग पनि परामर्शमा रहेको उनले संसदीय मामिला पत्रकार समाजको कार्यक्रममा शनिबार प्रष्ट पारेका थिए
प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच संसद विघटन र पुनस्र्थापनासम्म आइपुग्दा खासै राम्रो सम्बनध नरहेको सन्देश बाहिर गएकाबेला प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भएको छलफलले सम्बन्ध सुधारमा सहयोग पुगेको विश्वास उनको सचिवालयले गरेको छ ।
संसद पुनस्र्थापनापछि प्रधानमन्त्री ओलीसँग सभामुख सापकोटाले पहिलो पटक आज भेटेका हुन् । भेट सकारात्मक भएको प्रेस सल्लाहकार न्यौपानेले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस