प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख सापकाेटाबीच भेटवार्ता
- गाउँ सहर संवाददाता
- १५ चैत आइतबार, २०७७ | १५:०२:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाबीच संसद बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान ११ बजेपछि करिब दुई घण्टा छलफल भएको हो ।
सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्योपानेकाअनुसार सरकारको तर्फबाट तयार भएका विधेयक तथा संसद बैठकको प्रभावकारिता विषयमा छलफल भएको छ । सभामुख सापकोटाले प्रधानमन्त्रीसँग परामर्श गरी संसद बैठकलाई प्रभावकारी बनाउनेबारेमा पत्रकारलाई जानकारी गराउँदै आएका थिए । आफू दलका नेताहरुसँग पनि परामर्शमा रहेको उनले संसदीय मामिला पत्रकार समाजको कार्यक्रममा शनिबार प्रष्ट पारेका थिए
प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच संसद विघटन र पुनस्र्थापनासम्म आइपुग्दा खासै राम्रो सम्बनध नरहेको सन्देश बाहिर गएकाबेला प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भएको छलफलले सम्बन्ध सुधारमा सहयोग पुगेको विश्वास उनको सचिवालयले गरेको छ ।
संसद पुनस्र्थापनापछि प्रधानमन्त्री ओलीसँग सभामुख सापकोटाले पहिलो पटक आज भेटेका हुन् । भेट सकारात्मक भएको प्रेस सल्लाहकार न्यौपानेले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस