स्वस्थ रहनका लागि शारिरिक ब्यायाम अपरिहार्य - मेयर जिसी
- गाउँ सहर संवाददाता
- १२ चैत बिहीबार, २०७७ | १३:५७:०० मा प्रकाशित

लेखनाथ । पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले स्वस्थ रहनका लागि शारिरिक ब्यायाम अपरिहार्य भएकामा जोड दिएका छन् । पोखरा महानगरपालिका वडा नं २६ को अर्घौमा संचालनमा आएको लेखनाथ प्रोटिन एण्ड स्टोरको बिहिवार एक कार्यक्रमका बिच उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
शरीरलाई स्वच्छ र तन्दरूस्त राख्नका लागि ब्यायाम अति आवश्यक भएकाले त्यसका लागि आवश्यक पर्ने प्रोटिन जन्य खाद्यवस्तु तथा ब्यायामका लागि प्रयोग हुने सामग्रीको स्टोर संचालनमा आउनु खुशीको कुरा भएको उनले बताए ।
पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसी र तेस्रो बल्स मेन विजेता मिलन सिजापतीले सयुक्त रुपमा प्रोटिन एण्ड स्टोरकोे उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख जिसीले स्वच्थ रहनका लागि शारिरिक ब्यायाम अपरिहार्य भएको बताउँदै नागरिकलाई कसरी निरोगी बनाउन सकिन्छ भन्ने बारेमा आफूहरु तयार रहेको जानकारी गराएका थिए ।
लेखनाथ प्रोटिन एण्ड स्टोरका संचालक रमेश विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रज्वल भित्रकोटीले गरेका थिए । करीव २५ लाखको लागतमा संचालनमा आएको स्टोरमा खेलाडीहरुका लागि आवश्यक पर्ने प्रोटिन जन्य खाद्य सामग्री,खेलाडीका लागि आवश्यक पर्ने पोशाक र जिमका लागि प्रयोग हुने खेलकुदका सामाग्रीहरु उपलब्ध हुने बताईएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस