लेखनाथ पत्रकार मञ्चको आयोजनामा वडाध्यक्षहरुसँग अन्तरकृया
- गाउँ सहर संवाददाता
- २३ जेठ शुक्रबार, २०८२ | २१:४७:०० मा प्रकाशित
पोखरा । लेखनाथ पत्रकार मञ्चको आयोजनामा पोखराका २६ देखि ३३ नं वडाका वडाध्यक्षहरुसँग अन्तरकृया विकास बहस कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले कार्यपत्र प्रस्तुत गर्दै लेखनाथ क्षेत्रको विकासको अवस्था, चुनौति र सम्भावना बारे बोलेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी , वडा नं ३२ का कार्यबाहक वडाध्यक्ष तीर्थराज सुयाल, वडा नं ३१ का वडाध्यक्ष ढकनाथ कँडेल, वडा नं ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, वडा नं २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने र वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले आआफ्नो वडासँग सम्बन्धित जिज्ञासाहरुको उत्तर दिएका थिए ।
मञ्चका उपाध्यक्ष सन्दिप पौडेलले सहजीकरण गरेको कार्यक्रममा बक्ताहरुले सात तालको बगैँचा शहर, उपनगरीय दृष्टिकोण,खानेपानी सरसफाई, फोहरमैला, जैविक विविधता, विकासका पूर्वाधार, बजेट, लिङ्क रोड, साहित्यिक पर्यटन लगायतका विषयमा आफ्ना कुरा राखेका थिए ।
सचिव रामशरण नेपालीले सञ्चालन तथा निवर्तमान अध्यक्ष कविराज खनालले स्वागत गरेको उक्त अन्तरकृयामा लक्ष्मी आदर्श बहुमुखी क्याम्पसका सुदिप अधिकारी, समीक्षा पौडेल, एन आर एन जापानका शिव न्यौपाने, पोखरा भ्रमण वर्षका सहसंयोजक दामोदरभक्त थापा, लेखनाथ खानेपानीका अध्यक्ष मुरारी शर्मा, महानगर कार्यपालिकाका सलहकार बाबुराम गिरी, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, समाजसेवी राजेन्द्रमणि लामिछाने, होटल एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेल, ज्येष्ठ नागरिक सेवा केन्द्र शिसुवाका बोधराज गौतम, लेक सिटी युवा क्लबका संस्थापक अध्यक्ष सुरजङ्ग राणा, सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष तथा मञ्चका सल्लाहकार मोती गिरी, लक्ष्मी मा वि का प्रअ जगन्नाथ अधिकारी, लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष गोपीराज पौडेल, प्रदेश जनरल तथा सरुवा रोग अस्पतालका अध्यक्ष ऋषि जमरकटेल लगायतले आफूले प्रतिनिधित्व गरेका संघसंस्थाबाट प्रतिनिधिमूलक ढंगले सल्लाह सुझाव दिँदै समग्र लेखनाथको विकासमा एकजुट भएर जान वडाध्यक्षहरुलाई अग्रह गरेका थिए ।
टिप्पणीकर्ता मञ्चका संस्थापक अध्यक्ष भीमपमणि बराल र पूर्व कार्य समिति सल्लाहकार भरतप्रसाद तिवारीले सल्लाह सुझाव लिपिबद्ध गरी महानगर तथा वडाहरुमा बुझाउने वताएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस