स्वास्थ्य

विश्वभर काेराेनाकाे सिकिस्त बिरामी संख्या बढ्न थाल्याे, हालसम्म २७ लाख ४५ हजारकाे मृत्यु

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ११ लाख ३२ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १० करोड ८ लाख २० हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १२ करोड ४७ लाख ९० हजार नाघेको छ भने मृतकको संख्या २७ लाख ४५ हजार ३८६ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९१ हजार ३३४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ६ लाख ३६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ५६ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ३० लाख ३९ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ७० लाख ४० हजार जनामा भाइरस सक्रिय छ । 

दाेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड २१ लाख ३६ हजार जना संक्रमितमध्ये १ कराेड ६ लाख १ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ९८ हजारभन्दा बढी छन् । हाल १२ लाख ३६ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड १७ लाख ३३ हजार ५९४ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ६० हजार ४७७ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड १२ लाख ३ हजार १६ जना निको भएका छन् । सक्रिय केस ३ लाख ७० हजार १०१ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७६ हजार २४४ जना पुगेका छन् भने २ लाख ७२ हजार ९७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार १९ पुगेको छ भने १ हजार १२८ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत