स्वास्थ्य

विश्वभर काेराेनाभाइरसबाट दश कराेडले छुटकारा पाए, २ कराेड बढिमा अझै भाइरस सक्रिय

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड १२ लाख ९२ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १० करोड २ लाख ६२ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १२ करोड ४२ लाख ९० हजार नाघेको छ भने मृतकको संख्या २७ लाख ३५ हजार २ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९० हजार ८२० जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ५ लाख ७६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ५५ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड २८ लाख ४६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ७१ लाख ७५ हजार जनामा भाइरस सक्रिय छ । 

दाेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड २० लाख ५१ हजार जना संक्रमितमध्ये १ कराेड ५ लाख ७ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ९५ हजारभन्दा बढी छन् । हाल १२ लाख ४७ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड १६ लाख ८६ हजार ३३० जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ६० हजार २०० जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ११ लाख ७९ हजार ५९ जना निको भएका छन् । सक्रिय केस ३ लाख ४७ हजार ७१ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७६ हजार ५६ जना पुगेका छन् भने २ लाख ७२ हजार २० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार १९ पुगेको छ भने १ हजार १७ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत