वातावरण

बिहीबारपनि देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षा

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार चैत्र ०५ गते (बिहिबार) दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता