“छुलिया ग्याङको कुप्रचारको भ्रममा नपर्नुहोला भेला तोकिएको समय र स्थानमा हुनेछ” : भट्टराई
- गाउँ सहर संवाददाता
- ४ चैत बुधबार, २०७७ | ०८:२०:०० मा प्रकाशित
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आज राष्ट्रिय कार्यकर्ता भेला बोलाएकाे छ । महासचिव ईश्वर पोखरेलले गुटगत भेला नगर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीलेपार्टीमा बसेर अबउपरान्त अराजकता, अनुशासनहीनता जस्ता कुराहरु, विधि विधानविपरीतका कुराहरु, पार्टीको एकता विरोधी क्रियाकलापहरुमा छुट नहुने बताएका थिए । पार्टीमा अनुशासनहीन काम गर्नेलाई पार्टीको विधान र दलसम्बन्धी कानुन प्रयोग गरेर कारबाही गर्ने संकेत पनि ओलीले गरेका थिए ।
तर बुधबार नेता योगेश भट्टराईले छुलिया ग्याङको भ्रममा नपर्न आग्रह गरेका छन् ।
उनले केपी ओली समूहलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत भनेका छन्, “छुलिया ग्याङको कुप्रचारको भ्रममा नपर्नुहोला । नेकपा एमालेको आज र भोलिको राष्ट्रिय भेला तोकिएको समय र स्थानमा हुनेछ ।”
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्राप्त प्रतिक्रिया
पार्टीको नाममा भेला गर्न अध्यक्ष र महासचिवको सहमती चाहीन्छ होलानी ? के विधि र पद्धती भनेको यस्तै उदण्डता र अराजकताहो कमरेड ? के तपाइ वाट देश, जनताले र कार्यक्रताले गरेको अपेक्षा यहीहो ? के विधीको सुगारटान यस्तैलाइ भन्छ ?
यदि तिमी कसैलाई जित्न सक्दैनौ भने हात मिलाउ’, यो रोमन उखान हो । एमालेमा के पी शर्मा ओलीलाई गुटबन्दी र धम्कीको माध्यमबाट परास्त गर्न सकिन्न । असत्यसंग नझुक्ने उनको चट्टानी अडानसंग हात मिलाउदा नै सबैको भलो हुन्छ ।
प्रतिकृया दिनुहोस