नेकपा एमाले र जनता समाजवादीबीच सत्ता सहकार्यका लागि कार्यदल गठन
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण मंगलबार, २०७७ | १७:५३:०० मा प्रकाशित

काठमाडाैं । नेकपा (एमाले) र जनता समाजवादी पार्टीले संयुक्त कार्यदल बनाएका छन् ।
जसपाको तर्फबाट कार्यदलमा सर्वेन्द्रनाथ शुक्ल र सांसद लक्ष्मणलाल कर्ण छन् ।
एमालेबाट विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङलगायत नेता छन् ।
समाजवादी पार्टी र राजपाबीच एकीकरण गरेर जसपा बनेको हो । तर यी दुई दलको संसदीय दलका नेता फरक-फरक छन् ।
केपी शर्मा ओलीलाई बहुमत पुर्याउन जसपाले साथ दिए पुग्ने देखिन्छ । एमालेबाट प्रतिनिधि सभामा १२० सांसद छन् ।
सरकार बनाउन १३८ जना सांसद चाहिन्छ । प्रतिनिधि सभामा जसपाका ३४ सांसद छन् त्यसमध्ये दुई जना निलम्बनमा छन् ।
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिएपछि अब संसदमा दुबै दल पूर्व दलको हैसियतमै क्रियाशील हुने भएका छन् ।
त्यसैले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार कायम राख्न एमालेले अर्को दलको साथ लिनुपर्नेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्राप्त प्रतिक्रिया
Chandrakanta Pyakurel Dhoti khabardar satta mahngo parcha be careful
पार्टीको निर्णय विना नेकपा एमाले र जनता समाजवादी पार्टीले नयाँ सरकार गठनलगायतका विषयमा वार्ता गर्न वार्ता टोली गठन गरेको अवस्था !!! पार्टीमा प्रश्न उठेपछि ठाकुरले वार्ता टोली गठन भएको जानकारी गराए !! कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय !! आज (मंगलबार) बिहानका लागि डाकिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित !!!
प्रतिकृया दिनुहोस