कला
नौटंकी
- खेमलाल पहारी
- २४ फाल्गुण सोमबार, २०७७ | १९:५४:०० मा प्रकाशित

लघुकथा:
फेरि एकपटक खुलामंच, चहुर र पार्टी प्यालेसहरूमा तामझाम भयो l माइक बजे तीनवटा जोईका पोइहरू, लाइसेन्स धारी बलात्कारीहरू, बाबुआमा कुटुवाहरू सबैले उफ्रिई उफ्रिई नारी शक्ति नारी अधिकार र नारी महिमाको गान गाए l तिनीहरुको सम्मानमा सुन्दर सुन्दरी किशोरहरूले अब्बल अब्बल गत र नृत्य प्रस्तुत गरे l चियापान समारोहमा नाम चलेका उच्च नश्लका माछाहरूको सवारी भयो जसले मान्छेले जस्तै आची पान गरे l त्यसपछि कार्यक्रमको मुख्य क्रियाकलापको आयोजना भयो l यसमा गाउँका नारीहरुलाई आ-आफ्ना पोइहरू बोकेर दगुर्न लगाइयो l सोझी आमा छोरी बुहारीहरूले निर्देशन अनुसार आफ्ना लोग्नेहरू बोकेर कुदे l अलि पर बसेर केहि एकल आमाहरू, दिदीबहिनीहरू, भाउजु बुहारीहरू आँशु पुछ्दै आफूहरू आफ्ना खासमको बुइमा बसेर दौडमा भाग लिएको कल्पना गरिरहेका थिए l
प्रतिकृया दिनुहोस