'कस्तो नौटंकी'
- नारायण नेपाल
- १७ चैत शनिबार, २०७४ | ०९:५४:०० मा प्रकाशित

“निकालेर छोड्छु”
बाबु जँगिदै थिए ।
छोरो घरभित्र खुट्टा हाल्न मात्रै के खोज्दै थियो, बाबुको आवाज सुनेर झसङ्ग हुन्छ । ऊ आज ढीलोगरी घर पुगेको हुन्छ । महशुस गर्छ आफ्नो गल्ती । अनि लुसुक्क आफ्नो कोठातिर पस्छ ।
“आज फेरी ढीलो आइस् ? के चालाहो यो ?”
छोरो यतिखेर डराउन पुग्छ ।अब चै बाबैले ठ्याम्क्याउने भए भन्ठानेर चाल मार्दै बाबु भएतिर लाग्छ ।
थोरै ढप्किएको ढोकाबाट यसो चिहाएर हेर्दा पदम थर्थरी काम्न पुग्छ । बाबुले भाइ निर्मललाई समातेर पिट्दै गरेको दृष्यले उसलाई त्रसित बनाएको हो ।
ऊ फरक्क फर्कन्छ र बुइँकलतिर चढ्छ । त्यहाँ ठूली बहिनी भुइँचालोको सवाई पढ्दै हुन्छिन् । पढ्न रोकेर उनी पदमलाई तल जान भन्छिन् । पदमको डरले अब सीमा नाघेको हुन्छ । “जानु न जानु । जुखुरीले एउटा छोटो चलचित्र बनाउँदै छे क्या ! यसो अनुहार देखाउनु, युट्युबमा आफू पनि परिन्छ, कति मज्जा आउँछ !”
यतिखेर आएर पदमको सास सामान्य चल्छ ।
चिटचिट आएको पसिना बिस्तारै सुक्दै गएको उसलाई ठिकै लाग्छ ।
नभन्दै उसले देखेको दृष्य र महसुस गरेको डर गैह्र–ताल्लुकी कुरा थिए । छायाङ्कनको काम ढुक्कले अगाडि बढ्छ । यि सबै दृष्य लुकी– लुकी लिने भतिजोले अन्त्यमा अर्काे चलचित्र देखाउँदा पो सबैजना चकित हुन्छन् । बनावटी दुष्य भन्दा स्वभाविक यथार्थको निर्माण सबैलाई मनपर्छ ।
र, ‘कस्तो नौटङ्की’ युट्युबमा लोड गरिन्छ ।
प्रतिकृया दिनुहोस