नेमार नौटंकीको सर्वत्र खिल्ली, रोनाल्डोले गरे बचाऊ
- गाउँ सहर डेस्क
- २१ असार बिहीबार, २०७५ | १६:४४:०० मा प्रकाशित

मस्को । ब्राजिलका पूर्व दिग्गज खेलाडी रोनाल्डोले फिफा विश्व कपको दौरान नेमारमाथि लगाइएको नाटक गरेको भन्ने आरोपलाई उनले बचाऊ गरेका छन् ।
मेक्सिकोका कोच जुआन कार्लोस ओसोरिया र डिएगो म्याराडोना, गैरी लिनेकर र एलन शियरर जस्ता पूर्व दिग्गज खेलाडीले म्याचको दौरान नाटक गरेको भन्दै नेमारको आलोचना गरेका थिए ।
रोनाल्डोले बुधबार भने, ‘फुटबललाई विभिन्न तरिकाबाट बुझिन्छ साथै यसलाई लिएर अधिक विचार हुनसक्छ । नेमार आफैँ अरुलाई बचाउनको लागि आफ्नो शक्ति प्रयोग गर्छन् । रेफ्री उनलाई धेरै कम सुरक्षा प्रदान गर्छन् ।’ उनले थपे ‘उनी एक राम्रा खेलाडी हुन् । जब मेरोतर्फ आक्रमक रबैया अपनाइन्थ्यो, त्यतिबेला मलाई अन्याय भएको महशुष हुन्थ्यो । उनको आलोचना गर्नु बेवकूफी हो र उनी राष्ट्रिय टीमलाई आलोचनाको जवाफ दिँदैछन त्यो सराहनीय छ ।’
पाँच पटकको विजेता ब्राजिल विश्वकपको क्वाटरफाइनलमा शुक्रबार बेल्जियमसँग भिड्दैछ । नेमार अहिलेसम्म फर्ममै खेलिरहेका छन र पछिल्ला म्याचमा पनि खेल्न सक्नेछन् । एजेन्सी
प्रतिकृया दिनुहोस