सिनेमा फ्लप गराउने पछिल्लो एमाले र माओवादीकाे नौटंकीलाई लिएर कसले के भने ?
- गाउँ सहर डेस्क
- ४ बैशाख शनिबार, २०७८ | १३:०४:०० मा प्रकाशित

काठमाडाैँ । पछिल्लाे राजनीतिले एमाले र माओवादीमा मात्र तरंगित् बनाएन, जग हँसाएकाे पनि छ र थप साेच्न वाध्य बनाएकाे छ । सबैका थरिथरिका तर्कहरूले अहिले नेपाली राजनीतिमा स्थान पाएका छन् ।
कर्णाली प्रदेशमा मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । उनले विश्वासको मत प्राप्त गरेको सभामुख राजबहादुर शाहीले घोषणा गरेका हुन् । शाहीलाई नेपाली कांग्रेसले पनि साथ दिएको थियो। तर राप्रपा तटस्थ बसेको थियो ।
नेकपा एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापाले 'फ्लोर क्रस' गरेपछि शाहीको पक्षमा कुल २२ मत परेको थियाे । विपक्षमा १५ मत खसेको थियो ।
याे घटनाले त नेपाली राजनीतिमा थप किस्सा थपिदिएकाे छ । यसै घटनालाई लिएर नेता नवराज सिलवाल Nawa Raj Silwal@Nawasilwal लेख्छन्- पार्टी भित्रको अन्तर्विरोध एउटा विषय होला तर कर्णाली प्रदेशसभामा भएको घटना राजनीतिक र नैतिक दुवै होईन ।
उनकाे याे ट्विटमा कमेन्ट गर्दै आइपी खरेल लेख्छन्- अपहरण गर्नु चाहीँ राजनैतिक अधिकार भित्र पर्ने रहेछ है ? लाजको पसारो र घिन लाग्दो अभिव्यक्ति धिक्कार छ टपरे हरुलाई !?
समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई Baburam Bhattarai@brb1954 लेख्छन्- गण्डकी र कर्णाली प्रदेशको सन्देश बेलैमा बुझौं ! मूल्यमान्यताको राजनीतिलाई कानुनी भ्रमजालले छोप्ने दुष्प्रयास नगरौं । कुनै घटनाको मुख्य चालकतत्व बाह्य हैन आन्तरिक हुन्छ भन्ने नभुलौं । सत्ताभन्दा सत्य बलवान हुन्छ भन्ने नबिर्सौं । भष्मासुर र मोहिनीको नृत्य छिटै समापन हुॅदैछ प्रतीक्षा गरौं !
याे ट्विटका अनेक कमेन्टमध्ये बिरेन्द्र बहादुर बोगटी(कर्णाली) लेख्छन्- फेरि पनि कसैलाई ब्यक्तिगत लाल गद्दार बन्नु छ भने हाम्रो भन्नू केही छैन राम राम बाहेक काध थाप्न सकिन्न ! राजनीतिकको नैतिक पराकाष्ठा ले सिमा नाघे पछिको घृणित कार्य जो आज कर्णालीमा देखापर्यो । आफ्नै आमालाई लात्ती हानेर अर्को सौतेनीको काखको माया कति दिन न्यानो हुन्छ हेर्न बाँकी छ।
यसै सन्दर्भमा पत्रकार विजय कुमार पाण्डे Vijay Kumar Panday लेख्छन्- कुकुरको मासु खाने राजनितिले बिरालोको साप्रा तान्न घिनाउनु पर्छ र ? अविश्वास प्रस्ताव ल्याएपछि मध्यरातमा पोखरा सदन स्थगित गर्नु हुन्छ भने जुम्लामा फ्लोर क्रसको रोइलो किन ? यिनीहरु नफुटने छन, नजुटने छन् । हामी, यही तमासाका लायक छौँ । बजा ताली ! 'घस्रन जन्मेकाहरु, उडन सक्दैनन् ।'
यसमा कमेन्ट गर्दै Gangadhar Bhattarai ले लेखेका छन्- सधैँ कुकुरले पुच्छर हल्लाउँदै आएको थाहा थियो तर जब कुकुरले सहि तरिकाले पुच्छर हल्लाएन भने पुच्छरले कुकुरको स्वास्थलाभको लागि कुकुर हल्लाईदिनु पर्छ आज तेहि भएछ, जे होस राजनीति दासत्व लाद्ने मात्र होइन बिद्रोह आत्मसात गर्ने हिम्मत पनि गर्न सक्नुपर्छ भन्ने सोचको प्रारम्भ भएकै हो ।
प्रधानमन्त्रीकाे प्रेस सल्लाहकार सूर्य थापा Surya Thapa@ThapajiSurya लेख्छन्- प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही, नन्दसिंह बुढा र देवी ओली- यी पाँचकाे अपराध अक्ष्यम्य छ । आर्थिक प्रलोभन वा राजनीतिक बिक्रीबट्टा याे कुन काेटीकाे गाेटी बनेकाे दृष्टान्त हाे ? यस तहकाे गद्दारी किमार्थ मान्य हुन सक्दैन । प्रचण्डका हली-गाेठाला बनेर याे तहकाे घात गर्ने ?
उनलाई कमेन्ट गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्ल Ramesh Malla@Rameshmalla035 ले कमेन्ट गरेका छन्- लेखराज, टोपबहादुर, प्रभु, गौरीशंकरहरुलाई नि यस्तै भाषामा सम्बोधन गरिबक्सियोस न हजुर !
काेभिडले थला परेकाे बेला अरूकुरा नभएपनि एमाले-माओवादीकाे चटकले भने जनतालाई राम्रै डाेज दिएकाे छ । देशलाई बन्दी बनाएरै भएपनि उनीहरूले यस्ताे कला प्रस्तुत गरिरहेका छन् जुन सिनेमाभन्दा कम हिट छैन ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- दशैँ : कुन दिन कसकाे पूजा गरिन्छ, टीका कता फर्किएर लगाउने ?
- सहज जीवन चाहनुहुन्छ? यी कुरा ध्यान दिनुहोस्
- बालबालिकालाई के सिकाउने, के नसिकाउने
- खासमा तीज के हो, किन मनाइन्छ ? कसरी सुरु गरियो ? यससँग जोडिएको अर्थ र वास्तविकता
- किन पूजिन्छ श्रीकृष्ण, उनको जीवनबाट मानवजातीले के सिक्ने ?
- के जीवन यति जटिल हुनुपर्ने हो? कसरी सहज बनाउने ?
- शैक्षिक क्षेत्रमा 'उत्कृष्ट नतिजा' नै विद्यार्थीले रिलायन्स कलेज छान्नुकाे अब्बल आधार
- असार १५ मा रोपाइँमा सरिक नहुनेले पनि दही चिउरा खानैपर्ने हाे र ? दही चिउरा नै किन खाने ?
- हप्ताको एउटै दिनले कसरी व्यक्तिगत र सामाजिक रूपान्तरण सम्भव छ?
- गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?
प्रतिकृया दिनुहोस