३ हजार ५ सय ३५ काे पिसिआर परीक्षण हुँदा थपिए ४७, निकाे भए ६२ काेराेना संक्रमित्
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण शनिबार, २०७७ | १६:५३:०० मा प्रकाशित
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४७ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ५५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
याेसहित देशमा अब ८ सय १७ जना सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा ३ हजार ५ सय ३५ जनाको पिसिआर परीक्षण गर्दा ४७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ८८ हजार ७ सय २५ पुगेको छ ।
गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । हाल ५५ जना क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा ६२ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ८ सय २८ पुगेको मन्त्रालयले जनाएको छ ।
देशमा भाेलिबाट दाेस्राे चरणकाे भ्याक्सिनेशन सुरू हुन गइरहेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
प्रतिकृया दिनुहोस