स्वास्थ्य

विश्वभर काेराेना संक्रमितमध्ये ९ कराेड १८ जना निकाे, २५ लाख ८० हजारकाे मृत्यु

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड १७ लाख ४८ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ९ करोड १८ लाख ७८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ११ करोड ६२ लाख ८ हजार नाघेको छ भने मृतकको संख्या २५ लाख ९० हजार ८०० जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८९ हजार ७४७ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ९५ लाख २६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ३३ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १३ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ९३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ८८ लाख ९९ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ११ लाख ७३ हजार ५७२ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५७ हजार ५८४ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ८ लाख ३८ हजार २१ जना निको भएका छन् । सक्रिय केस १ लाख ७७ हजार ९६७ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ७ लाख ९६ हजार जना संक्रमितमध्ये ९६ लाख ३७ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ६१ हजारभन्दा बढी छन् । हाल ८ लाख ९८ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७४ हजार ४८८ जना पुगेका छन् भने २ लाख ७० हजार ६८३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २ हजार ७७८ पुगेको छ भने १०२७ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत