गाउँ सहर
क्याम्पस हिँडेकी छात्रालाई जीपले ठक्कर दिँदा मृत्यु
- गाउँ सहर संवाददाता
- १९ फाल्गुण बुधबार, २०७७ | ०८:२७:०० मा प्रकाशित
काठमाडाैं । क्याम्पस हिँडेकी छात्रालाई जीपले ठक्कर दिँदा मृत्यु भएकाे छ ।
ललितपुरको नख्खुमा जीपको ठक्करबाट अञ्जु दाहालकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
बिहानै स १ ज ५६७ नम्बरको जीपको ठक्करबाट सिन्धुपाल्चोक घर भइ ललितपुरको बागडोल बस्ने १९ वर्षकी दाहालको मृत्यु भएकाे हाे ।
प्रहरीकाअनुसार बिहान साढे ५ बजेतिर सडक पार गर्दै गर्दा दाहाललाई जीपले ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी दाहालको ६ बजे पाटन अस्पतालमा मृत्यु भएकाे हो ।
प्रहरीकाअनुसार दाहाल कोटेश्वर मल्टिपल क्याम्पसमा अध्ययनरत थिइन् ।
जीप चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस