गाउँ सहर

क्याम्पस हिँडेकी छात्रालाई जीपले ठक्कर दिँदा मृत्यु

काठमाडाैं । क्याम्पस हिँडेकी छात्रालाई जीपले ठक्कर दिँदा मृत्यु भएकाे छ । 

ललितपुरको नख्खुमा जीपको ठक्करबाट अञ्जु दाहालकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । 

बिहानै स १ ज ५६७ नम्बरको जीपको ठक्करबाट सिन्धुपाल्चोक घर भइ ललितपुरको बागडोल बस्ने  १९ वर्षकी दाहालको मृत्यु भएकाे हाे ।

प्रहरीकाअनुसार बिहान साढे ५ बजेतिर सडक पार गर्दै गर्दा दाहाललाई जीपले ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी दाहालको ६ बजे पाटन अस्पतालमा मृत्यु भएकाे हो ।

प्रहरीकाअनुसार दाहाल कोटेश्वर मल्टिपल क्याम्पसमा अध्ययनरत थिइन् ।

जीप चालकलाई  प्रहरीले पक्राउ गरेको छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत