ब्रदरवुडलाई देश्ना चन्द स्मृति भेट्रान्स फुटबलको उपाधी
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण शनिबार, २०७७ | २१:२२:०० मा प्रकाशित

पोखरा । पोखरा महागरपालिका १ पुरानो टुडिखेलमा सम्पन्न ‘दोस्रो देश्ना चन्द स्मृति भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७७’ को उपाधी ब्रदरवुड भेट्रान्सले जितेको छ ।
ईन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा पुरानो टुडिखेलमा आज (शनिबार) सम्पन्न फाईनल खेलमा गार्डेन भेट्रान्सलाई ट्राईबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै ब्रदरवुड च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेसँगै ब्रदरवुडले शिल्ड, मेडल सहित नगद रु ७० हजार प्राप्त गर्याे भने उपविजेता बनेको गार्डेनले शिल्ड, मेडल सहित ४० हजार प्राप्त गरेको छ ।
कुल १८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई कार्यक्रममा प्रमुख अतिथि समेत रहेका स्वर्गीय देश्ना चन्दका पिता विवेक चन्द, उत्साह चन्द, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, आयोजनक संस्थाका सल्लाहकारहरु, अध्यक्ष लगायतले पुरस्कार वितरण गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
प्रतिकृया दिनुहोस