प्रेरणा

आफ्नो कामलाई बोझ मानेर गर्नुहुन्छ भने कहिल्यै सुख-शान्ति प्राप्त हुँदैन

काठमाडौँ । एक राजाकाे राज्यमा अकाल पर्यो, राज्यकोष खाली हुन थाल्यो । प्रजाको लगान प्राप्त भइरहेको थिएन र खजानामा धेरै धन बचेको थिएन । यो कुराले राजा दुखी हुन थाले । केहि समयपछि अवस्था थोरै सामान्य भयो । तर, राजाको कमाई भइरहेको थिएन ।

राजाका शत्रुहरु पनि सो राज्यमा अक्रमण गर्नको लागि सेना संगठित गरिरहेका थिए । यो कुरा राजालाई जब थाहा भयो तब समस्या झनै बढ्न थाल्यो । एकदिन राजाले आफ्नो दरवारमा केहि व्यक्तिले षडयन्त्र गर्दै गर्दा पक्रिए । यहि कुराले राजाको जीवनको सुख-शान्ति गायब भएको थियो ।

राजाको सेवक दिनभर शाही बागको हेरचाह गर्दै विहान साँझ पेटभर सुक्खा रोटी खान्थे । तर, उनीहरुको अनुहारमा शान्ति र प्रशन्नता देखिइन्थ्यो । राजालाई सुखी सेवकलाई देखेर जलन हुन्थ्यो । राजा सोच्थे कि मेरो जीवनभन्दा राम्रो त यो सेवकको जीवन छ । कुनै चिन्ता छैन, आफ्नो काम गर्यो, विहान साँझ खाएर आराम गर्छन् । मेरो त भोक नै मरिसक्यो र निन्द्रा पनि पर्न छाडिसक्यो ।

एकदिन राजाको महलमा एक प्रशिद्ध सन्त पूगे । राजाले सन्तलाई आदर सत्कार गरे । सन्त सेवाबाट प्रशन्न भए । राजाले सन्तालाई सबै समस्या बताए । सन्तले राजालाई भने- तिम्रो सबै चिन्ताको जड यो राजपाठ हो । तिमी एक काम गर, यो पूरा राजपाठ मलाई सुम्प र सबै चिन्ताबाट मुक्त होऊ ।

यो कुरालाई राजाले स्वीकार गरे । उनले सन्तलाई राजा घोषित गरे । सन्तले भने- अब तिमी के गर्छौ ?

राजाले भने- अब मसँग धन छैन । म कहिँ नोकरी गर्छु । सन्तले भने- तिमी यहाँ नै नोकरी गर । मेरो राज्य सञ्चालन गर, यसको तिमीलाई अनुभव पनि छ । म आफ्नो कुटीमा रहन्छु, तिमी महलमा रहेर राज्यको व्यवस्था सम्हाल ।

त्यसपछि राजा तयार भए । राजा चिन्तामुक्त थिए । एक नोकर भएर उनलाई सुख-शान्ति मिलेको थियो । उनी त्यसपछि कुशलतासँग राज्यको सञ्चालन गर्न थाले । पेटभर खान्थे र निन्द्रापनि लाग्न थाल्यो । किनकी, राजालाई अब कुनै चिन्ता थिएन, राज्यमा संकट आएपनि नआएपनि । किनकी राज्य त सन्तको थियो ।

केहि दिन पछि सन्त पुनः महल आए । राजाले भने कि महाराज म अब खुसी छु । सन्तले भने- राजन तिमी पहिले पनि यो सब गर्दथ्यौ, तर सो समय तिमी कामलाई बोझ मान्दथ्यौ । अहिले तिमी आफ्नो कामलाई कर्तव्य मानिरहेका छौँ । प्रशन्न भएर काम गर्दा मन शान्त रहन्छ । यहि कारण तिम्रो चिन्ता हटेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत