गाउँ सहर
सांसदहरूले प्रतिनिधिसभा विघटन र पुन:स्थापनाबीचको साढे तीन करोड रूपैयाँ तलब पाउने
- गाउँ सहर संवाददाता
- १३ फाल्गुण बिहीबार, २०७७ | १३:२२:०० मा प्रकाशित
काठमाडौं । प्रतिनिधसभाका सांसदहरूले विघटन र पुन:स्थापनाबीचको समयावधिकाे पनि तलब पाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा भंग गरेका थिए तर सर्वोच्च अदालत उक्त कदम असंवैधानिक भन्दै फागुन ११ पुनःस्थापना गरिदिएको छ ।
प्रतिनिधिसभा भंग भएसँगै राेकिएकाे २७५ जना सांसदहरूकाे तलब सुविधा बापत पुस र माघ महिनाको ३ करोड ५७ लाख ५० हजार रूपैयाँ र फागुन महिनाको १ करोड ७८ लाख ७५ हजार रूपैयाँ गरी ५ करोड ३६ लाख २५ हजार रूपैयाँ एकैपटक पाउने भएका छन् ।
प्रत्येक सांसदले तलब-भत्ता गरी मासिक करिव ६५ हजार रूपैयाँ बुझ्ने गरेका छन् । यो हिसावले मासिक झण्डै एक करोड ८० लाख रूपैयाँ प्रतिनिधिसभाका सांसदको तलबभत्तामा खर्च हुन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस