क्षमापूजा गर्न पशुपति पुगिन् राष्ट्रपति भण्डारी
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण बुधबार, २०७७ | १४:५५:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर पुगेर क्षमा पूजा गरेकी छन् ।
पशुपतिनाथको मूल मूर्ति (शिवलिङ्ग) को फेदमा सुनको नयाँ जलहरी राख्नुअघि राष्ट्रपति भण्डारीले पशुपतिनाथ मन्दिर पुगेर क्षमा पूजा गरेकी हुन् ।
राष्ट्रपतिले क्षमापूजा गरेपछि सुनको जलहरी राखिएकाे पशुपति क्षेत्र विकास कोषले जनाएको छ । जलहरी राख्नुअघि भारतबाट दर्जनौँ ब्राह्मण बोलाएर पूजा गरिँदै आएको छ ।
पशुपतिनाथ मन्दिरको मुख्य शिवलिंगमा रहेको जलहरी जीर्णोद्धार गर्ने काम भइरहेकाे छ ।
जलहरी स्थापनाका लागि पशुपतिमा गएको ८ गतेदेखि क्षमा पूजा हुँदै आएको छ
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चाँदीको जलहरीमाथि सुनको नयाँ जलहरी राखिएको हो । १ सय ८ किलोको जलहरी निर्माणका लागि कोषले राष्ट्र बैंकबाट १ सय ४ किलो सुन किनेको हो । बाँकी चार किलो चाँदी तथा तामा मिसाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस