गाउँ सहर

तीन वर्षमा हामीले असाधारण उन्नती गरेका छाैं, उहाँहरू राेक्ने काेशिस गरिरहनुभएकाे छ : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीन वर्षमा असाधारण उन्नती गरेकाे बताएका छन् । नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभामा समूहका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नेपालले गरेकाे विकास विश्वका विभिन्न निकायहरूले प्रशंसा गरेकाे बताएका छन् । 

विकासका फेहरिस्त प्रधानमन्त्रीले यसरी सुनाए-

हामी सुशासन र विकासकाे बाटाेमा अघि बढ्छाैं । देश समृद्ध नेपाल र सुखी बनाएर छाेड्छाैं । देशभर विकासकाे लहर ल्याइरहेका छाैं । यसलाई कसैले राेक्न सक्दैन । 

सरकारले तीन वर्षमा गरेकाे असाधारण उन्नतीकाे प्रशंसा संयुक्त राष्ट संघ, विश्व बैंक, युनेस्काे, एसियाली बैंक, विश्व स्वास्थ्य संगठनले गरेकाे छ ।

दुई वर्षपछि अल्पविकासित मुलुकबाट विकासशील मुलुकमा स्तराेन्नति हुँदैछाैं । सन् २०३० भन्दा अघि नै दिगाे विकासका लक्ष्यहरू पूरा गर्नेछाैं ।  

पहिलाेपल्ट म प्रधानमन्त्री भएपछि जाेगवनीदेखि किमाथाङ्काकाे राजमार्ग बनाउन शुरू गरेकाे हुँ अब केही किलाेमिटर मात्रै ट्रयाक खाेल्न बाँकी छ । काेशी करिडाेर ओलाङ्चुङगाेला पुग्दैछ । पूर्व-पश्चिम राजमार्ग चाैडा गर्दैछाैं ।

पूर्व-पश्चिम रेलमार्ग शिलान्यास गर्दैछाैं । मेचीदेखी महाकालीसम्म मदनभण्डारी राजमार्ग बनाउँदैछाैं ।

कञ्चनपुरमा नयाँ औद्याेगिक क्षेत्र पर्सी शिलान्यास गर्दैछु । १६ गते झापामा अर्काे औद्याेगिक क्षेत्र शिलान्यास गर्न जाँदैछु ।

विद्यालयहरू, कार्यलयहरू डिजिटलाइजेसन गर्दैछाैं । डिजिटलन नेपाल बनाउँदैछाैं । उहाँहरू हाम्राे प्रयास राेक्ने काेशिस गरिरहनुभएकाे छ ।

साक्षरता र विद्यार्थी विद्यालय भर्नाकाे स्थिति याे तीन वर्षमा कति परिवर्तन भइसकेकाे छ ।

सुकुम्बासी, भूमी समस्या समाधान आयाेग गठन गरेर समाधान गर्दैछ । उहाँहरू विकास बिरूद्ध दाैडि दाैडि कराइरहनुभएकाे छ हामी निरन्तर विकास अभियानमा लागिरहेका छाैं ।

देशभर एकैदिन ३०९ वटा अस्पताल शिलान्यास गरेका छाैं । कुनै पनि देशमा यत्ति धेरै अस्पताल एकैदिनमा शिलान्यास गरकाे छैन् हाेला जुन कुरा हामीले नेपालबाट शुरू गर्याैं ।   

देशका विभिन्न स्थानमा खनिज तथा पेट्रोलियम पदार्थ उत्खनन गरिरहेका छाैं । नेपाल उज्यालाे देश भइसक्याे । नपुगेका ठाउँमा हावाबाट बिजुली निकालेर उज्यालाे बनाउँछाैं । 

याे पनि

प्रधानमन्त्री ओलीले उपराष्ट्रपति नन्दकिशोर पुन ‘निर्वाचनविरोधी’ तथा सभामुख अग्निप्रसाद सापकोटालाई ‘कीर्ते गर्ने’ भन्दै टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले नाम उल्लेख नै नगरी प्रधानमन्त्री ओलीले मोहन वैद्य र डा. बाबुराम भट्टराईले छोडेर गएको जनाउँदै प्रचण्डतर्फ लागेकी रामकुमारी झाँक्रीले पनि अब उनलाई बचाउन नसक्ने टिप्पणी गरेका हुन्। “प्रचण्डजीको मलाई त माया लाग्छ, उहाँलाई पहिला वैद्यले छाड्नुभयो, अनि डाक्टर लिनुभयो, अहिले एउटा भाँक्री लिनुभएको छ, अब उहाँलाई झाँक्रीले बचाउन सक्दैन ।”

उनले अघि भने, “भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाम्न सकिन्न, अहिले रामराम नै भन्ने अवस्थामा म छु,” प्रधानमन्त्री ओलीले भने, “प्रचण्डले हिँडेको बाटो गोठालो जाने जंगलको बाटोजस्तो छ, सुरुमा त बाटो ठूलो नै देखिन्छ तर जंगलको अलि भित्र पुगेपछि एक ठाउँमा बाटो हराउँछ, उहाँ हराउने बाटोमा लागिरहनुभएको छ।”

राजनीतिक रूपमा विभाजित भएका प्रचण्डले षड्यन्त्र र जालसाझी मात्रै गर्ने गरेकाले नेकपा विभाजित हुन परेको प्रधानमन्त्री ओलीको आरोप छ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत